स्वर्गीय धुर्ब अधिकारीका परिवारलाई ५९ हजार ८१ रुपैयाँ आर्थिक सहयोग

स्वर्गीय धुर्ब अधिकारीका परिवारलाई ५९ हजार ८१ रुपैयाँ आर्थिक सहयोग

रोदिक खबर

३, श्रावण २०८३
  • 2.2K
    SHARES
  • स्वर्गीय धुर्ब अधिकारीका परिवारलाई ५९ हजार ८१ रुपैयाँ आर्थिक सहयोग

    खोटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खा मोहोरियाका स्वर्गीय धुर्ब अधिकारीका परिवारलाई ५९ हजार ८१ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।

    गत २०८३ असार २५ गते खुकुरी प्रहारबाट घटनास्थलमै ज्यान गुमाएका अधिकारीका परिवारलाई राहतस्वरूप खोटाङ घर भई काठमाडौं तथा देशका विभिन्न स्थानमा बसोबास गर्दै आएका ३३ जना व्यक्तित्वबाट संकलित रकम हस्तान्तरण गरिएको हो।

    संकलित सहयोग रकम संविधानसभा सदस्य विशाल भट्टराईले शनिबार स्वर्गीय अधिकारीका दाजु राजन अधिकारीलाई हस्तान्तरण गरेकोअभियान संयोजक राजकुमार कार्कीले जानकारी दिए ।

    अभियान संयोजक कार्कीका अनुसार दुःखद घटनापछि पीडित परिवारलाई केही राहत पुग्ने उद्देश्यले मानवीय संवेदनासहित सहयोग अभियान सञ्चालन गरिएको जनाइएको छ।

    सहयोग हस्तान्तरण कार्यक्रममा सहभागीहरूले स्वर्गीय अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका थिए।

    प्रकाशित मिति :श्रावण ३, २०८३ आइतवार - ०५:२३:४९ बजे

    रोदिक खबर