नायिका ज्याकलिन फर्नान्डेजले लिइन् १५ सय मानिसको जिम्मा

नायिका ज्याकलिन फर्नान्डेजले लिइन् १५ सय मानिसको जिम्मा

रोदिक खबर

२, भाद्र २०७७
  • 6.1K
    SHARES
  • नायिका ज्याकलिन फर्नान्डेजले  लिइन्  १५ सय मानिसको जिम्मा


    बलिउड कलाकारले सामाजिक काममा पनि आफूलाई समर्पित गर्दै आएका छन् । कलाकारहरुले कोरोनाको कारण उत्पन्न परिस्थितीले समस्यामा परेका मानिसहरुका लागि मन खोलेर काम गरिरहेका छन् । नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका २ गाउँका १५ सय ५० मानिसको जिम्मा लिएकी छिन् ।

    उनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका १५ सय ५० मानिसको जिम्मा ३ बर्षका लागि लिएकी हुन् । ज्याकलिनले ३ बर्षसम्म गाउँमा रहेका १५ सय बढी मानिसहरुका लागि खानेकुराको व्यवस्था गर्नेछिन् । यो गाउँका मानिसहरु आधारभुत आवश्यकताबाट बन्चित रहेको ज्याकलिनको भनाई छ ।

    भारतीय मिडियासँग कुरा गर्दै उनले गाउँका धेरै बच्चाहरु कुपोषणको शिकार भएका छन् । उनले बच्चाहरुका लागि पोषिलो खानाको व्यवस्था गर्ने बताएकी छिन् ।

    यस्तै, उनले गाउँमा जनचेतनामुलक कार्यक्रम समेत संचालन गर्नेछिन् । गाउँमा जन्मिएका नयाँ बच्चाहरुलाई के खुवाउने भन्ने बिषयमा उनीहरुका आमाहरु अनविज्ञ रहेको भन्दै ज्याकलिनले उनीहरुका लागि चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताइन् ।

    उनका अनुसार, गाउँमा २० वटा किचेन तयार गरिनेछ । जहाँबाट महिला, बच्चाहरुले पोषिलो खानेकुरा पाउनेछन् ।

    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १३:५६:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको