खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विपद तथा जलवायू उत्थानशील योजना निर्माणका लागि कार्याशाला शुरु गरेको छ ।
प्राकृतिक तथा गैर–प्राकृतिक विपदबाट कुनै पनि समयमा हुनसक्ने जनधनको बचाउका लागि क्रिस्चियन एड नेपालको सहयोगमा बाल सेवा समाज नेपाल नेर्पाको समन्वय तथा केपी कन्सलटिङ सर्भिसेजको प्राविधिक सहयोगमा स्थानीय विपद तथा जलवायू उत्थानशील योजना निर्माणका लागि कार्याशाला शुरु गरेको हो ।

नगरपालिकाका १५ वटै वडामा जोखिमपूर्ण स्थलको नक्सांकन गर्ने, जोखिमयुक्त स्थलका नागरिकलाई सचेत गराउने, उद्धार तथा विपद प्रतिकार्यका लागि सुरक्षाकर्मी एबं स्वयंसेवक परिचालन गर्ने, विपदपछि निम्तिने समस्या हल गर्नका लागि योजना बनाउन कार्यशाला गोष्ठी सञ्चालन भइरहेको बालसेवा समाज नेपाल नेर्पाद्धारा सञ्चालित वि–फिल परियोजनाका जेसी अधिकृत अम्विका पुलामी मगरले जानकारी दिइन् ।
वडाका जनप्रतिनिधि, सुरक्षा निकाय, रेडक्रस, गैसस महासंघ, उद्योग वाणिज्य संघ, स्थानीय शिक्षक, सहकारी संस्थाका प्रतिनिधि, टोल विकास समिति, बाल क्लब, वडाका कर्मचारी लगायतको राय र परामर्शका आधारमा निर्माण गर्न लागिएको स्थानीय विपद तथा जलवायू उत्थानशील योजना कार्यशालाको सहजीकरण रामकुमार दाहाल, केशव पौडेल, सुदिप कर्माचार्य र नवराज सेढाइले गरिरहेका छन् ।

प्रत्येक वडामा दुई/दुई दिनका दरले नगरपालिकाका १५ वटा वडामध्ये ८ वटा वडामा कार्यशाला गोष्ठी सम्पन्न भइसकेको जनाइएको छ ।