• ट्रेण्डिङ:

वैदेसिक रोजगारमा संलग्न परिवारलाई वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा 

वैदेसिक रोजगारमा संलग्न परिवारलाई वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा 

रोदिक खबर

२४, आश्विन २०७७
  • 5.3K
    SHARES
  • वैदेसिक रोजगारमा संलग्न परिवारलाई वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा 

    खोटाङ । वैदेसिक रोजगारमा संलग्न परिवारलाई लक्षित गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सुरु गरिएको छ ।

    रोजगारको सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिका परिवारको आर्थिक व्यवस्थापन एबं वैदेसिक रोजगारका कारण उत्पन्न नकरात्मक अशर न्यूनीकरणका लागि नगरपालिकाका चार वडामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सुरु गरिएको हो ।

    बैदेसिक रोजगारीलाई सुरक्षित र उपलव्धीमुलक बनाउने लक्ष्यका साथ हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल र नगरपालिकाको सहकार्यमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको झापा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको मयांखु, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा सँगसँगै वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको हो । वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा २५ हप्तासम्म हप्ताको एक दिन सञ्चालन हुने उपमेयर बिमला राईले बताइन् ।

    वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा बैदेसिक रोजगारीमा संलग्न बाहुनीडाँडाका २७ जना, च्यास्मीटारका २३ जना, दुर्छिमका २५ जना र राजापानीका २७ जना सहभागी छन् । 

    वैदेसिक रोजगारीबाट भित्रिने विप्रेषणलाई बचत गर्दै उत्पादनमुलक क्षेत्रमा खर्च गरेर दिगो आम्दानीको श्रोतकारुपमा सदुपयोग गर्ने क्षमता अभिबृद्धिका लागि नगरपालिकामा वित्तीय साक्षरता सञ्चालन गरिएको हो ।

    यस्तै, बैदेसिक रोजगारीकाक्रममा व्यक्ति तथा पारिवारमा हुने तनाव, पीडा, पारिवारिक विखण्डन, वाल–वच्चामा परेको नकारात्मक असर लगायतको न्यूनीकरणका लागि मनोसामाजिक परामर्शको व्यवस्था गरिएको हो । वैदेसिक रोजगारीका कारण निम्तिने समस्यका कारण मानसिक समस्या भएका व्यक्तीलाई प्राथमिकता दिएर मनोसामाजिक परामर्श प्रदान गर्ने गरिएको छ । 

    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १२:४१:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको