खोटाङ । खोटाङको दिक्तेलबजारमा चिनियाँ स्मार्ट फोन कुलप्याडको आधिकारिक बिक्रेता खुलेको छ । दिक्तेलको रत्नपार्कस्थित मनोज इलेक्ट्रोनिक्स सेन्टरले जिल्लामा कुलप्याड मोबाईको डिलर भित्र्याएको हो ।
बुधबार रत्नपार्कमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले केक काटेर कुलप्याड मोबाईलको डिलर उद्घाटन गरेका छन् । आधिकारिक बिक्रेता खुलेसँगै ग्राहकले जिल्लामै विभिन्न मूल्यका कुलप्याड मोबाईल खरिद गर्न पाउने भएका छन् ।
खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा सव–डिलर विस्तार गर्नेगरी दिक्तेलमा डिलर खोलिएको मनोज इलेक्ट्रोनिक्स सेन्टरका प्रोपाइटर मनोज राईले बताए ।
डिलर उद्घाटनकाक्रममा कुलप्याडका कुल फाईभ, कुल एनसेभेन प्लस, कुल एक्स, कुल एस र कुल सिक्स मोबाईलको विशेषता, मेमोरी, स्क्रीन साईज र मूल्यका बारेमा जानकारी दिइएको थियो । नेपाली बजारमा २०७३ सालमै कुलप्याड मोबाईल भित्रिएको थियो ।
चीनको ग्वान्जाओ मूख्यालय रहेर सन् १९९३ मा स्थापना भएको कुलप्याड कम्पनीले टेलीकम्यूनिकेसनका सामान उत्पादन गरेर बजारमा राम्रो पहिचान बनाएको छ ।