खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित दिक्तेलबारी नोभे टोल सुधार समितिले शनिवार दशैका अवशरमा युवावर्ष प्राविदेखि मेवाखोला सम्मको बाटो मर्मत तथा सरसफाइ गरेको छ ।
टोल सुधार समितिको अगुवाइमा उक्त टोलवासीले आफू हिड्ने बाटो मर्मत तथा सरसरफाई गर्नुका साथै त्यस टोल क्षेत्रभित्र रहेका धारा, कुवा, सर्वजनिक पाटीपौवा सरसफाइ गरेका हुन् ।
आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यले बर्खा अवधिभरी बिग्रेको बाटो मर्मत तथा सरसरफाई गरेको टोल सुधार समितिका अध्यक्ष सुमन आचार्यले जानकारी दिए । उनले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

हरेक काममा सरकारको मात्र मुख ताक्ने परिपाटी बढिरहेकोले सामूहिक रुपमा टोलको विकास गर्ने उद्देश्य सहित केहि वर्ष अगाडि टोल विकास समिति गठन गरिएको थियो ।