• ट्रेण्डिङ:

रावाबेँसी गाउँपालिकाका एकल महिला, दलित र गरीबलाई राहत

रावाबेँसी गाउँपालिकाका एकल महिला, दलित र गरीबलाई राहत

रोदिक खबर

३, कार्तिक २०७७
  • 3.2K
    SHARES
  • रावाबेँसी गाउँपालिकाका एकल महिला, दलित र गरीबलाई राहत

    खोटाङ । रावाबेँसी गाउँपालिकाका एकल महिला, दलित र गरीब घर परिवारलाई चाड मनाउन राहत सामग्री उपलब्ध गराइएको छ । नजिकिँदै गरेको चाड दशैँतिहार तथा छट पर्व मनाउन गाउँपालिकाले प्रतिघर परिवार ३० किलोग्राम चालम, दुई किलोग्राम दाल, दुई लिटर खानेतेल, दुई किलोग्राम नुन र एक डल्ला हात धुने साबुन उपलब्ध गराएको हो ।

    गाउँपालिकाभित्र बसोबास गर्दै आएका ४१५ घर एकल महिला, दलित र गरिब परिवारलाई  नौँ लाख ६३ हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए ।

    गाउँपालिकाले वडा नम्बर–१ कुभिण्डेका ७०, वडा नम्बर–२ खार्पाका ६५, वडा नम्बर–३ लामीडाँडाका ७०, वडा नम्बर–४ धारापानीका ६८, वडा नम्बर–५ दुवेकोलका ५५ र वडा नम्बर–६ हौँचुरका ६५ घर परिलाई राहत सामग्री उपलब्ध गराएको हो ।

    यसैबीच, गत साउन–१८ र १९ गते गएको बाढीपहिरोका कारण अन्नबाली बगेपछि पीडित बनेका २२ घर परिवारलाई समेत राहत सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई पनि प्रति घर परिवार ३० किलोग्राम चालम, दुई किलोग्राम दाल, दुई लिटर खानेतेल, दुई किलोग्राम नुन र एक डल्ला हात धुने साबुन उपलब्ध गराइएको गाउँपालिका प्रमुख निरौलाले बताए ।

    प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १०:०९:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको