काठमाडौं / बडा दशैं अन्र्तगत आज टिकाको चौथो दिन । आज पनि मान्यजनवाट टिका जमरा र आर्शिवाद ग्रहण गरिदै छ । विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट टीका जमरा थाप्ने क्रम जारी रहने छ ।
बिशेष गरी टाढाटाढा रहेका आफन्तहरु दशमीको दिन मात्र भेट हुन नसक्ने भएकाले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने गरिएको हो । नवदुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट आशीर्वाद लिँदा समृद्धि बढ्ने जनविश्वास रहेको छ ।
असत्यमाथि सत्य र दानवी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने विजयादशमीलाई हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पर्वका रुपमा मनाइँदै आएको छ । मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा भने दशमीको दिनमा मात्रै टीका थाप्ने प्रचलन रहेको छ ।