• ट्रेण्डिङ:

संक्रमणको जोखिम बढेसँगै ऐसेलुखर्कमा लाग्ने शनिवारे हटिया अनिश्चितकालका लागि बन्द

संक्रमणको जोखिम बढेसँगै ऐसेलुखर्कमा लाग्ने शनिवारे हटिया अनिश्चितकालका लागि बन्द

रोदिक खबर

१५, कार्तिक २०७७
  • 6.6K
    SHARES
  • संक्रमणको जोखिम बढेसँगै ऐसेलुखर्कमा लाग्ने शनिवारे हटिया अनिश्चितकालका लागि बन्द


    खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले शनिबारे हटिया अनिश्चितकालका लागि बन्द गरेको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा साप्ताहिक रुपमा लाग्दै आएको शनिबारे हटिया बन्द गरेको हो ।

    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि दिनानु दिन बढी रहेको र यस गाउँपालिकाका केही छिमेकी स्थानीय तहहरुमा समेत कोभिड–१९ संक्रमित व्यक्तिहरु देखिन थालेकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्मलाई शनिबारे हटिया बन्द गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

    गाउँपालिकाले कोरोना भाइरसबाट आफू बचौं र अरुलाई पनि बचाउ भन्दै ऐसेलुखर्कबजारका औषधी,इन्धन र खाद्यन्न पसल बाहेक अन्य पसलहरु अत्यावश्यक अवस्थामा मात्रै खोल्न आग्रह गरेको छ । अवस्था हेरेर यातायात सेवा समेत वन्दगर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।
    यो गाउँपालिकामा हालसम्म १ जना संक्रमित भएका छन । उनी कोरोना जितेर घर फर्किसकेका छन् ।

     

     

    प्रकाशित मिति :कार्तिक १५, २०७७ शनिवार - ०७:१३:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको