• ट्रेण्डिङ:

भत्किएको घर पुःननिर्माणका लागि वृद्धवृद्धालाई दाहाल प्रतिष्ठानको सहयोग

भत्किएको घर पुःननिर्माणका लागि वृद्धवृद्धालाई दाहाल प्रतिष्ठानको सहयोग

रोदिक खबर

१८, कार्तिक २०७७
  • 5.2K
    SHARES
  • भत्किएको घर पुःननिर्माणका लागि वृद्धवृद्धालाई दाहाल प्रतिष्ठानको सहयोग

    खोटाङ । दाहाल प्रतिष्ठान खोटाङले भत्किएको घर पुननिर्माणका लागि पीडित बृद्ध दम्पत्तीलाई आर्थिक सहयोग गरेको छ । वर्षातका कारण भत्किएको घर पुःर्ननिर्माणका लागि प्रतिष्ठानले खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७५ वर्षीय मानबहादुर दाहाल खत्री र जानुकामाया दाहाल खत्रीलाई आर्थिक सहयोग गरेको हो ।

    गत असार ३२ गतेको भारी वर्षाका कारण भत्किएको घर पुःननिर्माणका लागि सहयोग अभियान चलिरहेका बेला दाहाल प्रतिष्ठानले वृद्ध दम्पत्तीलाई १० हजार आर्थिक सहयोग गरेको दाहाल प्रतिष्ठान खोटाङका अध्यक्ष मीनकुमार दाहालले जानकारी दिए ।
    वर्षाका कारण ढलेको घर ठड्याउन सक्ने अवस्था नभएका बृद्ध दम्पत्तीलाई प्रतिष्ठानले सोमवार घरैमा पुगेर रकम  हस्तान्तरण गरेकोे छ । ‘वृद्धवृद्धाको घर बनाउनका लागि अन्य व्यक्तिहरुले पनि अभियान चलाइरहनु भएको छ, अध्यक्ष दाहालले भने, ‘त्यही भएर हामीले पनि थोरै भएपनि असहाय परिवारको सहयोगमा हातेमालो गरेका हौँ । 

    रकम हस्तान्तरण कार्यक्रममा दाहाल प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य दिलीप दाहाल, दाहाल प्रतिष्ठान खोटाङका सचिव लिलाबहादुर दाहाल, कोषाध्यक्ष हर्कबहादुर दाहाल, लेखा समिति संयोजक मित्रबहादुर दाहाल, प्रतिष्ठानका सदस्य नइन्द्रकुमार दाहाल, तेजबहादुर दाहाल, शारदा दाहाल लगायतको उपस्थिति रहेको अध्यक्ष दाहालले बताए ।

    वृद्धवृद्धाको घर निर्माणका लागि छिमेकी थिरेन्द्र भट्टराईको नेतृत्वमा सहयोग अभियान सञ्चालन भइरहेको छ । खत्री दम्पत्तीको सहयोगमा हालसम्म दुई लाख ५० हजारको हाराहारीमा रकम संकलन भइसकेको अभियान्ता भट्टराईले बताए ।

    एक मात्र छोरीले विवाह गरेपछि पीडित परिवार अहिले छिमेकी पूर्णबहादुर भट्टराईको घरमा आश्रय लिएर बसीरहेका छन् ।

    यस्तै, केही समयअघि यूकेमा रहेकी इशा गुरुङले तीज मनाउने खर्च कटाएर बृद्धबृद्धाको घर बनाउनका लागि २० हजार, संयुक्त आवाज परिवर्तन समाज नेपालले १७ हजार १५५ रुपैयाँ, साकेला गाउँपालिकाले १५ हजार रुपैया, दाहाल प्रतिष्ठान प्रारम्भिक समिति निर्मलीडाँडाले ८ हजार सहयोग गरि सकेको जनाइएको छ । 

    प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - ०७:१४:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको