‘उड्यो रे मेरो मन' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

‘उड्यो रे मेरो मन' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

१८, कार्तिक २०७७
  • 3.8K
    SHARES
  • ‘उड्यो रे मेरो मन' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक
    काठमाडौं । गायक निराजन कडेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘उड्यो रे मेरो मन' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। 

    प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ।  यस गीतलाई शैलेन्द्र एम प्रधान ( वावु ) ले संगीत संयोजन गरेका हुन्।  

    कालिनचोकमा छायांकन गरिएको म्युजिक भिडियोमा सागर थापा ( धुर्व ) र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ।  यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। अनिल के मानन्धरको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो।  गायक कडेलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  
    Screen shot (7).png

    विगत लामो समयदेखि निरन्तर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक कडेलले यसअघि ६  बढी म्युजिक भिडियो र 'परिक्षा' नामक एल्वम सार्वजनिक गरिसकेकाछन्।  गायक कडेलले यस गीतलाई  हेरेर प्रतिक्रिया दिन  सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।  

    VIDEO LINK : https://youtu.be/941stLJPvxY
     

    प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - ०८:०१:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको