• ट्रेण्डिङ:

अखौंलेका कृषकलाई बीउबिजन तथा कृषि सामग्री वितरण

अखौंलेका कृषकलाई बीउबिजन तथा कृषि सामग्री वितरण

रोदिक खबर

२६, कार्तिक २०७७
  • 3.8K
    SHARES
  • अखौंलेका कृषकलाई बीउबिजन तथा कृषि सामग्री वितरण

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषकलाई बीउबिजन तथ कृषि सामग्री वितरण गर्न थालेको छ । सुख्खा क्षेत्रका कृषकहरुको जीविकोपार्जनका लागि बीउबिजन तथा कृषि सामग्री वितरण थालेको हो ।

    नगरपालिकाको विशेष अनुरोधमा एसडिसिको दुई करोड ४४ लाख वरावरको आर्थिक सहयोग तथा कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजिकरणमा मंगलबारदेखि अर्खौलेबाट बीउबिजन तथा सामग्री वितरण थालिएको छ ।

    वितरणको पहिलो दिन अर्खौलेका कृषकहरुलाई हिलटेक, प्लाष्टिक टनेल, सिड स्प्रे, हजारी र बीउबिजन वितरण गरिएको छ । अर्खौलेमा ३२५ जना कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण गरिनेछ ।

    a_n.jpg

    त्यहाँका कृषकहरुलाई प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना, प्रदेश नं. १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी सचिव निरु दाहाल पाण्डे, नगरप्रमुख इवन राई, उपप्रमुख विमला राई, महाशाखा प्रमुख राजेन्द्र उप्रेती, कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारी लगायतले वितरण गरेका थिए । 

    अब क्रमशः अन्य वडाहरुका कृषकलाई बीउबिजन तथा कृषि सामग्री हस्तान्तरण गरिदै लैजाने नगरप्रमुख इवन राईले बताए । राईका अनुसार ४ हजार ५३ घरपरिवारलाई बीउबिजन र कृषि सामगी वितरण गरिनेछ ।

    aaa.jpg

    बाहुनीडाँडामा ३९४, डिकुवामा ३८०, च्यास्मिटारमा ३९७, वडहरेमा २८८, दुर्छिममा ४५४, मंगलटारमा ३४०, महादेवस्थानमा ३३३, धितुङमा ३४५, सल्लेमा २१६ र राजापानीमा ५८१ जना कृषकलाई प्लाष्टिक टनेल, हजारी, हिलटेक, सिड स्प्रे तथा बीउबिजन सामग्री वितरण गरिनेछ ।

    प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - ०८:५१:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको