• ट्रेण्डिङ:

पाँच वटा माविमा कम्प्यूटर श्रोतव्यक्ति नियुक्ति गर्दै गाउँपालिका 

पाँच वटा माविमा कम्प्यूटर श्रोतव्यक्ति नियुक्ति गर्दै गाउँपालिका 

रोदिक खबर

९, मंसिर २०७७
  • 4.6K
    SHARES
  • पाँच वटा माविमा कम्प्यूटर श्रोतव्यक्ति नियुक्ति गर्दै गाउँपालिका 

    खोटाङ । खोटाङको साकेला गाउँपालिकाले पाँच वटा माविमा कम्प्यूटर श्रोतव्यक्ति नियुक्तिको तयारी गरेको छ । विद्यालयको कम्प्यूटर एबं सूचना प्रविधि सम्वन्धी काम गर्नका लागि गाउँपालिकाले ५ वडामा रहेका ५ माविमा आधारभुत तहको एक/एक जना सूचना प्राविधिक (कम्प्यूटर श्रोतव्यक्ति) नियुक्तीको तयारी गरेको हो ।

    विद्यालयको सूचना तथा प्रविधिसँग सम्वन्धित काम गर्न, कम्प्यूटर व्यवस्थापन एबं सञ्चालन सम्वन्धी काम गर्न, कम्प्यूटर सम्वन्धी तालिम सञ्चालन गर्ने, कम्प्यूटर कक्षा सञ्चालन गर्ने लगायतका प्रयोजनका लागि कम्प्यूटर श्रोतव्यक्ति नियुक्तीको तयारी गरिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । 
    कम्प्यूटर श्रोतव्यक्ति नियुक्तिका लागि तिहार अगाडि सञ्चालन गरिएको परीक्षामा कुनै पनि परीक्षार्थी उत्तिर्ण नभएपछि गाउँपालिकाले सोमबार दोश्रोपल्ट १५ दिने सूचना जारी गर्दै आवेदन आव्हान गरेको छ ।

    गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत सबै माविमा निमावि स्तरको कम्प्यूटर श्रोतव्यक्ति नियुक्ति गर्न लागिएको हो । करारमा विद्यालयमा नियुक्ति हुने कम्प्यूटर श्रोतव्यक्तिलाई सम्वन्धित वडा कार्यालयको कम्प्यूटर तथा सूचना प्रविधिसँग सम्वन्धित काममा समेत खटाइने गाउँपालिकाले जनाएको छ । 

    आवेदकमध्येबाट लिखित, मौखिक र प्रयोगात्मक परीक्षाका आधारमा कम्प्यूटर श्रोतव्यक्ति छनौट गरिनेछ । कम्प्यूटर विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण वा सिटिइभिटीबाट कम्प्यूटर विज्ञान विषयमा टिएसएलसी वा सो बराबरको १८ महिने कोर्स पुरा गरी अन्य विषयमा प्रविणता प्रमाणपत्र उत्तिर्ण गरेका उम्मेद्वार मध्येबाट कम्प्यूटर श्रोतव्यक्ति नियुक्त गरिने प्रमुख प्रशासकीय अधिकृत मगरले बताए ।

    निमावि तहको सेवा सुविधा पाउनेगरी नियुक्ति पाउने कम्प्यूटर श्रोतव्यक्तिको करार अवधि आवश्यकताका आधारमा थप गर्दै लगिने जनाइएको छ ।

    कम्प्यूटर श्रोतव्यक्तिका लागि प्रथम पटक प्रकाशित सूचनाका आधारमा परीक्षामा सामेल भएका चार जना आवेदकले लिखितमा उत्तिर्ण गरेपनि प्रयोगात्मक परीक्षा उत्तिर्ण गर्न नसक्दा दोश्रोपल्ट आवेदन आव्हान गर्नु परेको हो ।

    ‘विद्यालयको कम्प्यूटर र सूचना प्रविधि सम्वन्धी सम्पूर्ण काम गर्नका लागि कम्प्यूटर श्रोतव्यक्ति नियुक्ति गर्न लागिएको हो ।

    कम्प्यूटर श्रोतव्यक्तिले विद्यालयमा कम्प्यूटर कक्षा पनि सञ्चालन गर्नेछन्,’ प्रमुख प्रशासकीय अधिकृत मगरले भने, ‘विद्यालयमा कार्यक्षेत्र भएपनि सूचना प्राविधिकले वडाको कम्प्यूटर तथा सूचना प्रविधि सम्वन्धी काम समेत गर्नुपर्नेछ ।’ 

    प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - १८:३१:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको