• ट्रेण्डिङ:

तीन स्थानीय तहमा अस्थायी कोभिड अस्पताल 

तीन स्थानीय तहमा अस्थायी कोभिड अस्पताल 

रोदिक खबर

१५, मंसिर २०७७
  • 5.3K
    SHARES
  • तीन स्थानीय तहमा अस्थायी कोभिड अस्पताल 

    कोभिड–१९ को महामारीलाई लक्षित गर्दै खोटाङका तीन स्थानीय तहमा अस्थायी कोभिड अस्पताल स्थापना गरिएको छ ।

    संघीय सरकारले उपलव्ध गराएको १० लाख र सम्वन्धित स्थानीय तहको खर्चमा रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा ५ बेडको अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो ।

    Aiselukhark covid.JPG

    कोरोना भाइरसको संक्रमण दर फैलिएर भयवह स्थिति निम्तिएको अवस्थामा नागरिकको गाउँमै सहज उपचार व्यवस्थापनका लागि अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो । 

    एक जना एमविविएस डाक्टर, दुई जना स्टाफ नर्स, एक जना कार्यालय सहयोगी लगायतका जनशक्ति व्यवस्था गरेर तीन गाउँपालिकामा अस्थायी कोभिड अस्पताल सुरु गरिएको हो ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा यसअघि नै अस्थायी कोभिड अस्पताल सुरु गरिसकिएको छ ।

    स्थानीय तहमा कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता अन्त्यका अस्थायी कोभिड अस्पताल स्थापना गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए । 

    प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - २३:३७:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको