शुक्रवार, भाद्र २६ गते २०८३

आठ महिनापछि त्रिधार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला 

आठ महिनापछि त्रिधार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला 

रोदिक खबर

१६, मंसिर २०७७
  • 15.7K
    SHARES
  • आठ महिनापछि त्रिधार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला 

    खोटाङ । बन्द गरिएको आठ महिनापछि खोटाङको त्रिधार्मिकस्थल हलेसी गुफा प्रवेश खुला गरिएको छ । कोरोना भाइरसको महामारीका कारण गत चैत ८ गतेदेखि रोक लगाइएको हलेसी गुफा (मन्दिर) प्रवेश मंगलवारदेखि खुला गरिएको हो ।

    कोरोनाको संक्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आएका दर्शनार्थीको पूजाआजा नरोकिने गरी हलेसी तुवाचुङ नगरपालिकाले महादेवस्थान रहेको मूख्य गुफा र बसाहा गुफा प्रवेशमा रोक लगाएको थियो । मुलुकका महत्वपूर्ण धार्मिक स्थल खुला गरी भक्तजन प्रवेश गराइएको उल्लेख गर्दै नगरपालिकाले सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तिर्थालु भक्तजनहरुलाई मन्दिर प्रवेशमा खुला गरिएको जानकारी दिएको छ ।

    gita.jpg
    हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले मंगलबार जारी गरेको सूचनामा मूल गेटबाट एक पटकमा १० जना दर्शनार्थी मात्र मन्दिरभित्र प्रवेश गराइने, मन्दिर प्रवेशकाक्रममा भक्तजनले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दुरी कायम गर्नुपर्ने, मन्दिरको भित्री परिषरमा फूल, अक्षता, अगरवत्ती जस्ता पूजाका सामग्री लैजान नपाइने, पूजा सामग्री नलैजाने व्यवस्थाका लागि मन्दिरको बाहिरी परिसरमा आवश्यक व्यवस्था मिलाइने उल्लेख छ ।

    मन्दिरमा खटिएका स्वयंसेवक तथा सुरक्षामर्कीले भक्तजनलाई लाइनमा बस्ने लगायतका आवश्यक प्रवन्ध मिलाउने तथा कोभिड–१९ को महामारीले प्रतिकूल असरपर्ने देखिए स्थानीय प्रशासनसँगको समन्वयमा जुनसुकै बेला मन्दिर प्रवेशमा रोक लगाइने नगरपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - २२:३७:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको