प्रविधि मैत्री सिकाइ : एउटा इँटे जमर्को

प्रविधि मैत्री सिकाइ : एउटा इँटे जमर्को

रोदिक खबर

२५, मंसिर २०७७
  • 6.8K
    SHARES
  • प्रविधि मैत्री सिकाइ : एउटा इँटे जमर्को

    अहिले विज्ञान र प्रविधिले हरेक क्षेत्रमा अग्रगामी छलाङ मारिसकेको छ र हरेक कार्यलयदेखि शैक्षिक क्षेत्रमा अब प्रविधिले एक छत्र अधिकार जमाइ सकेको छ । अहिले कि त सिक नत्र जागिर छोड भन्ने बाध्यात्मक परिस्थिति आइसकेको छ ।

    हिजो हामी तमाम शिक्षक तथा शिक्षा क्षेत्रमा लागेका व्यतिmहरु हाम्रा विद्यार्थीहरुलाई कक्षाकोठामा कसैले मोवाइल ल्याएको देखेमा खोस्ने तथा गालि गलौच गर्ने अनि अभिभावक बोलाइ जिम्मा लगाइ दिने गरेका थियौं तर आज आएर यो नीति पुरै प्रविधिमैत्री विरुद्ध सावित भएको छ ।

    आज तमाम विद्यार्थीहरु वासी पुराना अनि धुल्या लागि सकेका किताव तथा शिक्षकको अनुपयोगी र परम्परावादी तथा दिग्दार लाग्दो प्रवचन विधि सुन्न तयार छैनन् । आज उनीहरु गर्दै सिक्ने र प्रविधिसँग रमाउदै नयाँ नयाँ कुरा खोजी गर्दै आपmैं सिक्ने कुरामा पोख्त हुन थालेका छन । पुरानो शैली र किताबी कोरा ज्ञान आज उनीहरुको लागि अपच भइसकेको छ ।

    आज विश्व विज्ञान, प्रविधि तथा सूचना र सञ्चारले ग्लोबल भिलेज भएको छ र आज प्रविधि बुभmनको लागि कुनैपनि हालतमा जसरी पनि अंग्रेजी भाषा नसिकि धर भएको छैन । आज प्राविधिक क्षेत्रमा प्रयोग हुने विशेष शब्दावलीहरु जसरी पनि जान्न बाध्य हुनु परेको छ ।

    सरकारी विद्यालयमा परम्पराबादी शैलीले शिक्षण गरिरहेका हामी तमाम शिक्षकहरु आजपछि पर्न थालिसकेका छौं अनि एक बर्षसम्म सिकाउदा पनि शैक्षिक उपलब्धि न्यून नै रहेको र विद्यार्थीहरु सामान्य बोलचाल गर्न सम्म पनि नसक्ने भएको तितो यथार्थ आज प्रष्ट नै छ ।

    अब हामी अंग्रेजी सिकाउने सबै शिक्षकहरु असफल हँुदै जाँदै छौं । अब हामीले विद्यार्थीको भावना चाहना र झुकाव बुझन सकेनौ भने हामी कि त सिक्न कि त जागिर छोड्न बाध्य हुनुपर्ने अवस्था आउदै छ ।

    अब हामीले प्रविधि भित्र छिरेर यसको अधिकतम उपयोग गर्दै हाम्रा विद्यार्थीलाई समय र परिस्थिति अनुसार उनीहरुको रुचि र चाहना अनुसार डिजिटल कक्षा सञ्चालन गर्न नसकेमा र ज्ञान र सिपहरु प्रविधि भित्र समायोजन गर्ने क्षमताको विकास गर्न पछि परेमा आफनो पेशाबाट हात धुनु पर्ने बाध्यता जरुर आउदै छ ।

    विभिन्न वेभसाइट बनाएर, सञ्जालको माध्यमबाट, युट्युबबाट आफना सिप र ज्ञानहरु बाढ्न नसकेमा अबको सिकाइ अधुरो, अपुरो र अनुत्पादक बन्न जान्छ । तमाम विद्यार्थीको अवस्था तथा कम्जोरीपनलाई ध्यानमा राखेर सबै किसिमका अंग्रजी सिक्न चाहने विद्यार्थीहरुका लागि उपयोगी हुने किसिमको युटुब च्यानलमा “Rapid English Learning Platform” मार्फत उपयोगी कुराहरु पस्कदै आउदै छु ।

    यो मेरो सिक्ने अनि सिकाउने प्रयास भएकोले यहाँ थोर बहुत कमि कमजोरी हुन सक्छन् । जसलाई तपाईहरुले औलाइदिएर रचनात्मक सल्लाह सुझाव दिनु भएमा हार्दिक आभार व्यक्त गर्न कुनै शब्दको कन्जुस्याई गर्दिन । खास गरि मैले अंग्रेजी शब्दावली, वाक्य निर्माण र दैनिक चलन चल्तीका लेखन प्रक्रिया र अन्य रोचक यथार्थ जानकारीहरु तपाईहरुको साथ युटुबमा अपलोड गर्ने गरेको छु ।

    तपाईहरु स्वदेश तथा विदेश अनि आफनै जिल्लाभित्र जहाँ भएपनि आफना ससाना विद्यार्थी भाइबहिनीहरुलाई मेरो च्यानल सग जोडिएर लाभान्वित हुन हार्दिक अनुुरोध गर्दछु,यसको लागि च्यानल लाई सब्स्क्राइब गरि नजिकैको घण्टी प्रेस गर्न लगाइदिनु होला । मेरा आगामी भिडियोमा अझ उपयोगी र शुद्ध विषयवस्तु सेयर गर्ने प्रयासमा छु । शिक्षाको भाषामा गल्ति गर्नु पनि केहि सिक्नु नै हो ।

    विद्यार्थीहरुले कोरा बासी किताबी ज्ञान भन्दा यस्तै डिजिटल प्रविधिबाट बढि सिक्ने तथा खुशी भएर स्वतन्त्र रुपमा सजिलो गरि सिक्न सक्ने कुरा विज्ञानले प्रमाणित गरि सकेको कुरा तपाईहरुसँग पस्किन स्वभाविक ठान्छु । यो मेरो प्रविधि मैत्री सिकाइमा एउटा सानो इँटाको भरथेगलाई सहयोग गरिदिनु हुनेकुरामा विस्वास लिएको छु ।(लेखक  खत्री भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारका शिक्षक हुन् ।)

    https://www.youtube.com/watch?v=cEJpuMVSuQI&feature=youtu.be&fbclid=IwAR1mX0bSKyuYmlO9cfDSyTBc-GXJ5HuirQsjl2z_3YjaVnqiVQBtgbEk1g0

     

    प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - १४:२२:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको