गाडी चलाउने मान्छे
टायर चिन्दैन
बाटो चिन्दैन
घुम्ती मोडदैन
बाटोमा भेटिएका
पैसा नभएका यात्रुलाई
गाडीमा सिट दिदैन
गाडी नै नचिन्नेले
कसरी चलाउँछ गाडी
महासाय
डाइभर खलासी जतीको पनि छैन
कम्तिमा खलासिले
बाटो चिन्छ ।
घुम्ती चिन्छ ।
डिजेल चिन्छ ।
असभ्य बोली भएपनि
गाडीका पाट पाट चिन्छ ।
त्यसैले यो बेला
गियर परिवर्तन गरेर हँुदैन
डाइभर नफेरेसम्म
गाडी जहाँ छ ।
त्यही हुन्छ ।
यात्रुहरुको समय वरबाद हुन्छ ।
त्यसैले
अब गियर परिवर्तन गर्ने हैन
नेपाली खुसिले बाचेको देखने भा
डाइभर परिवर्तन गर्नु पर्छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, खोटाङ