• ट्रेण्डिङ:

विद्यार्थी विरामी पर्न थालेपछि जन्तेढुंगामा आजदेखि हप्ता दिनका लागि पठन–पाठन बन्द

विद्यार्थी विरामी पर्न थालेपछि जन्तेढुंगामा आजदेखि हप्ता दिनका लागि पठन–पाठन बन्द

रोदिक खबर

२९, पौष २०७७
  • 3.6K
    SHARES
  • विद्यार्थी विरामी पर्न थालेपछि जन्तेढुंगामा आजदेखि हप्ता दिनका लागि पठन–पाठन बन्द

    खोटाङ ।  विद्यार्थीलाई निमोनिया, रुघाखोकी र ज्वरोले सताउन थालेपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाले हप्ता दिनका लागि पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ ।

    जाडो बढेसँगै विद्यार्थीमा निमोनिया, रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि आज पुस २९ गतेदेखि माघ ६ गतेसम्मका लागि कक्षा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

    शिक्षा समितिको मंगलबारको बैठकले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै हप्ता दिनका लागि कक्षा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जारी गरेको पत्रमा उल्लेख छ । जन्तेढुंगा गाउँपालिकामा ३६ वटा सामुदायिक विद्यालय छन् । 

    यस्तै, कक्षा बन्द रहेको अवधिमा आन्तरिक लेखा परीक्षण, अन्तिम लेखा परीक्षण, भौतिक निर्माण र कार्यतालिका निर्माण लगायतका प्रशासनिक कार्य सञ्चालन गराउनका लागि गाउँपालिकाले सवै विद्यालयलाई पत्राचार गरेको छ ।

        

    प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - ०७:३४:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको