• ट्रेण्डिङ:

अपाङ्ग र विपन्न विद्यार्थीलाई न्यानो कपडा प्रदान

अपाङ्ग र विपन्न विद्यार्थीलाई न्यानो कपडा प्रदान

रोदिक खबर

५, माघ २०७७
  • 5.1K
    SHARES
  • अपाङ्ग र विपन्न विद्यार्थीलाई न्यानो कपडा प्रदान

    खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित पञ्च माविका ५ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका समाजसेवी टंकप्रसाद आचार्यले सोमवार आपाङ्ग तथा आर्थिक अवस्था कमजोर भएका ५ जना विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेका हुन् ।

    समाजसेवी आचार्यले तीन जना अपाङ्ग र दुई जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई ट्रयाक सुट प्रदान गरेको विद्यालयका शिक्षक कृष्ण आचार्यले जानकारी दिए ।

    चिसोका कारणबाट विभिन्न रोग लाग्न सक्ने र न्यानो कपडा नभएकै कारणले विद्यालयमा नियमित विद्यार्थी नआउने परिपाटी रहेकाले त्यस्तो अवस्थाको अन्त्य गर्नका लागि आचार्यले पाँच हजार बराबरको न्यानो कपडा खरिद गरी विद्यार्थीका लागि वितरण गरेको विद्यालयले जनाएको छ । समाजसेवी आचार्यले यसअघि पनि कक्षा १ मा अध्ययनरत १० जना विद्यार्थीलाई ब्याग वितरण गरेका थिए । 

    प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - १५:२१:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको