• ट्रेण्डिङ:

पालिकासँग महिला कार्यक्रम 

दलित तथा फरक क्षमता भएका छात्र/छात्रालाई झोला वितरण

दलित तथा फरक क्षमता भएका छात्र/छात्रालाई झोला वितरण

रोदिक खबर

६, माघ २०७७
  • 6.7K
    SHARES
  • दलित तथा फरक क्षमता भएका छात्र/छात्रालाई झोला वितरण

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बतासेका पाँच विद्यालयमा दलित र फरक क्षमता भएका छात्र/छात्रालाई झोला वितरण गरेको छ । पालिकासँग महिला कार्यक्रम अन्तरगत दलित तथा फरक क्षमता भएका छात्र÷छात्रालाई पुस्तक बोक्ने झोला वितरण गरेको हो ।

    ७ वडामध्ये मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ वतासेस्थित जनता मावि भण्डारीडाँडाका ७० जना, राम्चे निकेतन निकेतन मावि इजाराका २९ जना, पञ्चकौशिका मावि भण्डारेघाटका ५ जना, महेन्द्रतारा आधारभूत विद्यालय मुलाबारीका १५ जना, र सहकला प्राथमिक वालिङ्खाका ६ जना गरी १२५ जना दलित तथा फरक क्षमता भएका छात्र/छात्रालाई झोला वितरण गरिएको छ ।

    Jhola2.jpg

    पालिकासँग महिला कार्यक्रम अन्तरगत सोही माविमा अध्ययनरत छात्रालाई एक थान भलिबल, नेट र पम्प वितरण गरिएको गाउँपालिकाले जनाएको छ । पुस्तक बोक्ने झोला तथा खेलकुदका सामग्री गाउँपालिका उपाध्यक्ष सपना राई, वडाध्यक्ष लोकेन्द्र राई, कार्यपालिका सदस्य ज्ञानबहादुर माझी, शिक्षा शाखा संयोजक मनिकुमार गिरी लगायतले छात्र÷छात्रालाई हस्तान्तरण गरेका थिए । 

    आर्थिक वर्ष २०७६/०७७ मा पालिकासँग महिला कार्यक्रमका लागि विनियोजित ५० लाख बजेटबाट गाउँपालिकाले दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा छात्रालाई खेल सामग्री वितरण गरेको हो ।

    jhola4.jpg

    क्रमशः गाउँपालिकाभित्रका ४८ विद्यालयका कक्षा १ देखि ८ मा अध्ययनरत दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा आधारभूत तह र मावि तहमा अध्ययनरत छात्रालाई खेल सामग्री वितरण गरिने गाउँपालिकाका आइटी अफिसर मिनचन्द्र राईले बताए ।

    गाउँपालिकाले दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित विद्यालयमा भने यसअघि नै वितरण गरिसकेको छ । कोभिड–१९ का कारण गत वर्षको कार्यक्रम यस वर्ष सरेको गाउँपालिकाले जनाएको छ ।

     

    प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - २०:२५:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको