• ट्रेण्डिङ:

राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमका लागि नयाँ आवेदन माग   

राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमका लागि नयाँ आवेदन माग   

रोदिक खबर

६, माघ २०७७
  • 4.2K
    SHARES
  • राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमका लागि नयाँ आवेदन माग   

    काठमाडौं ।   ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघिका आवेदन खारेज गरी नयाँ आवेदन माग गरेको छ ।

    शिक्षामन्त्रीको अध्यक्षतामा भएको मन्त्रालयको निर्देशक समितिको बैठकले यसअघि राष्ट्रपति कार्यालयबाट प्रक्रिया पूरा गरी प्राप्त निवेदनबाहेक अन्य निवेदन खारेज गरी शिक्षा विकास तथा मानव स्रोत केन्द्रबाट नयाँ प्रक्रिया सुरु गरेको छ । 
         
    यसअघि गत वर्ष आवेदनबाट प्राप्त ३ हजार १४७ वटा निवेदन खारेज गरिएको  केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले जानकारी दिए  । चालु आवको बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ५ अर्ब १० करोड बजेट छुट्टयाइएको छ । यही माघ २० गतेभित्र आवेदन दिन आह्वान गरिएको छ ।     

    राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रम कार्यान्वयन गर्ने विषयमा चासो देखाएलगत्तै मन्त्री श्रेष्ठले प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । 

    प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - २१:३६:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको