चिन्तन , व्यवहार र आचरण परिवर्तनको खाचो

चिन्तन , व्यवहार र आचरण परिवर्तनको खाचो

रोदिक खबर

१६, फाल्गुण २०७७
  • 3.6K
    SHARES
  • चिन्तन , व्यवहार र आचरण परिवर्तनको खाचो
     
    हामी अधिकांश नेपालीहरु कसैप्रति षड्यन्त्र गर्न हल्ला र अफवाह फैलाउन किन यति अगाडी छौ हामीले कस्ता कुरा लेख्ने बोल्ने कस्ता कुरा नबोल्ने नलेख्ने भन्ने कुरालाई कहिले महत्व दिन सकेनौ जुन कुरा नेपालका हरेक क्षेत्रमा भेट्न सकिन्छ । अझ पछिल्लो समयमा झन सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने भन्ने कुरामा अलिकति पनि बिचार गरेका छैनौं।
     
    कुन कुरा र व्यबहार गर्दा त्यसले परिवार, समाज र राष्ट्रमा कस्तो असर पार्छ भन्ने कुराको अलिकति पनि हेक्का राख्दैनौ हामी मध्य धेरै खाली कसैप्रति लक्षित गरेर के भन्दा खेरी कसको चरित्र माथी प्रश्न गर्न सकिन्छ ।
     
    त्यस्तै, आरोप प्रत्यारोपकै बिचमा रहने र कसैको साख तल कसरी झर्न सकिन्छ, त्यसमै एकपछि  अर्को तरिकाले लागि रहेका हुन्छन भने कोही कुनै राम्रै बिषयलाई पनि फरक तरिकाले बिषयान्तर गर्ने र त्यसको औचित्य नै सखाप गर्ने तरिकाले लागेको भेटिन्छ र कतिलाई यस्ता कामबाट सन्तुष्टि प्राप्त गर्ने  गरेको नराम्रो नजीर र प्रवृत्ती रहेको छ ।
     
    हामी धेरैले कागले कान लगो भनेर कसैले भन्दै गर्दा कान छाम्ने भन्दा पनि काग संगै उड्ने गर्छौ जसले गर्दा समाजमा राम्रो कुरा भन्दा नराम्रा कुरामा फैलाउने काममा हामी आफै तलिन छौ।
     
    पहिला देखि नै हाम्रो समुदाय यस्ता क्रियाकलापका लागि उर्वर भूमि भएको छ। हामीले समाजमा भएका घटना परिघटनालाई कसरी समाज भित्र फैल्दै छन्  र त्यसका परिवारिक,सामाजिक तबरमा कस्ता असर र प्रभाव पार्छन भन्ने कुरा हामीले कहिले पनि नजर अन्दाज नगरी समाजमा पुग्ने गर्छन ।
     
    जसको हामीले समयमै नियन्त्रण गर्देनौ,जसले समुदायलाई जहिले पनि भय त्रास बनाउने र राज्यप्रति अबिश्वास बढाउने गरि काम गर्ने गरेका छन् र कुनै घटना घटाउनका लागि समाजलाई उकासने  क्रियाकलापमा  हामीआफै जिम्मेवार रहेका छौ ।
     
    यसरी नै  कोतपर्वदेखि दरबार हत्याकाण्ड, मदन भण्डारीको रहस्यमय मृत्युदेखि निर्मला पन्त काण्डसम्म भोगेको हाम्रो समाजको पुस्तौंपुस्ता षड्यन्त्रकै समाचारको वरपर छ रहेका छौ जसले गर्दा समाजमा न्याय समानता बिषयमा राज्यप्रति नागरिकको विश्वास नभएको देखिन्छ ।
     
    जसमा छानबिन पारदर्शी बनाउन राज्यको असफलता पनि यसको एउटा कारक भयो अहिले पछिल्लो राजनीतिक घटनालाई जोडेर राजकिय पदमा रहेका महत्त्वपूर्ण व्यक्तितव राष्ट्रपति,उपराष्टपति  प्रधानमन्त्रि, मन्त्री, शिर्षथ दलका नेताको बिषयमा, बौद्धिक, सामाजिक र राजनीतिक क्षेत्र भन्दा पनि पृथक भएर अनुचित ढङ्गले व्यक्तिगत चरित्र माथी प्रश्न गर्नु आरोप प्रतिआरोपले बाताबरण नै धमिलो बनाउने गरि सामाजिक सञ्जालामा केही समुहको अराजकता क्रियाकलापले यस्तै देखाउछ। त्यस्तै अहिले तनावपूर्ण महामारीले आक्रान्त मानव समुदाय भित्र आगोमा पेट्रोल थप्दै छ ।
     
    यो वर्ष र लगत्तैको केही समय हामीलाई डर, अनिश्चय र संशयको रापले पगाल्ने पक्का छ । विवेक कमजोर भइरहेको र भ्रम बलियो भइरहेको छ । यसरी महामारीको समयमा पनि नागरिकलाई भ्रम फैलाउनमा सामाजिक र राजनैतिक तबरले शक्तिशाली व्यक्तिहरु ऐन नियम स्वास्थ संगठन र नेपाल सरकार भन्दा पनि आफु माथी भए जसरी भ्रम फैलाउनमा तालीन भएका छन् ।
     
    जसले आज परिवार समाजमा अपराध बढ्दै छ किन मान्छे आज आफ्ना नियम सस्कृतिप्रति जिम्मेवार हुन सकेन्न,किन त्यसलाई बचाउन सकि रहेका छेनौ। किन दुरचार बढो यस्ता किसीमका मान्यता स्थापित गर्दै छौँ  जसले जनताको विवेकले आत्मदाह गर्न थालेको यो समय डरलाग्दो चुनौती बनेको छ । 
     
    सामाजिक रुपले आफुलाई भिन्न र अरूभन्दा फरक देखाउने चरित्र भएका मान्छे धेरै हुन्छन त्यसमा पनि केही मान्छे समाजमा अरुलाई असर गर्ने तथा व्यक्तिगत चरित्रलाई जोडेर गोपनियता बिपरितका कुराले चरित्रहत्या गर्दिने र  समाजमा अपहेलीत बनाउनको लागी सत्य र तथ्य भन्दा बहिर रहेर कुरा गर्ने र हिलो छ्यापेर धेरै नैतिकवान मान्छेलाई समेत नैरसियता बनाउने चरित्र हत्या गर्ने र सामाजिक राजनैतिक जीवनलाई दोषत गर्ने गरि षड्यन्त्रमा लागि रहेका हुन्छन ।
     
    त्यसमा त्यस्ता खालका मान्छेले आफुला सन्तुष्ट प्राप्त गर्ने सबै भन्दा भिन्न देखिन यस्ता भ्रमलाई बढावा दिन्छन् जसले समाजमा एक अर्कोमा निषेध गर्ने र रिसिभि बढाउने र कलहको रुप जन्माउने हत्या र आत्माहत्या गर्ने उकासने नराम्रो प्रबृत्ति भएर आएको छ। तसर्थ अबको सचेतना र परिवर्तनले यस्ता प्रवृत्तीको अन्त्यका लागि सबै बाट पहल गर्नु जरुरी छ।
     
    मुलत समाजमा सकरात्मक सन्देश प्रवहा गर्ने तथा व्यक्तिको व्यक्तिगत सामाजिक जीवनमा कसैले पनि नियत बहस षड्यन्त्र गरेर कसैले पनि  दुषित बनाउने दुशहास नगरोस कुनै पनि निर्दोष कहिले पनि नफसोस र छानबीन समेतमा गोपनीयता भित्र रहेर हुन सकोस निर्दोस हुँदा जहिले पनि भाबी जीवन सुरक्षित हुन सकोस र उसंग जोडीएका जीवन परिवारिक  सामाजिक जीवन कसैलाई पनि प्रभाब नपारोस र व्यक्तिको पारिवारिक र सामाजिक जीवन सुरक्षा गर्नको लागि स्वतन्त्र भित्रपनि राज्यको नियन्त्रणमा भने रहनु पर्छ ।
     
    नेपालीलाई रहेको यो समस्या सधै अन्त्य भएर नैतिकवान,सकारात्मक र असल सद्भावले बाधेको एकता र समानताको चिन्तन भएको समाज निर्माण होस यो हामी भित्रको चिन्तन आचरण र व्यबहारमै परिबर्तनको खाचो छ।
     धनकुटा हाल:कतार

    प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - १४:०५:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको