सम्पादकीय

जेष्ठ नागरिकको कहर

जेष्ठ नागरिकको कहर

रोदिक खबर

४, चैत्र २०७७
  • 4.2K
    SHARES
  • जेष्ठ नागरिकको कहर

    कुनै कुनै पालिकाले जेष्ठ नागरिकहरुलाई घरैमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम पनि ल्याएका छन् । जेष्ठ नागरिक समाजका धरोहर हुन् । उनीहरुलाई सरकारका तर्फबाट सुविधा उपलब्ध गराइदिने सन्दर्भ स्वयंमा सराहनीय छ । परिवारजनको बेवस्थाका कारण जेष्ठ नागरिकले हन्डर र भुक्तावान खेप्न परिरहेका उदाहरण हाम्रो समाजमा बग्रेल्ती पाइन्छन् ।

    उमेरको चढाई सँगै स्वास्थ्य समस्या बढ्दै जाने स्वाभाविक प्रक्रिया हो । परिवारजन विवेकशील र सक्षम हुँदाको अवस्था बेग्लै कुरा हो । सबैको घरमा यस्तो तार्तम्य नमिल्न सक्छ । त्यसो हुँदा स्थानीय सरकारले उनिहरुको हेरचाह गरिदिने हो भने सम्मानित नागरिकको कल्याण हुन सक्छ । लोक कल्याणकारी राज्यको यो महत्वपूर्ण दायित्व पनि हो । कतिपय पालिकाहरुले त सामाजिक सुरक्षा भत्ता समेत घरैमा पुर्‍याइदिने कार्यक्रम पनि ल्याएका थिए । त्यसमा निरन्तरता कायम हुन् भने सकेन ।

    अहिले प्रायः सबै ठाउँमा बैंकिङ प्रणाली लागू भइसकेको छ । अशक्त जेष्ठ नागरिकका लागि बैंकसम्म पुगेर भूक्तानी लिन निकै असहज महसुस भएको छ । आफैं जान नसक्ने, अरुलाई लिन पठाउँदा हिनामिना हुन सक्ने स्थिति वर्करार छ । साँच्चै अशक्तको पहिचान गरि उनीहरुलाई घरमै रकम पु¥याइदिने तर्फ व्यवस्था मिलाउन सके जेष्ठ नागरिकको कल्याण हुनेछ । कतिपय पालिकाले आफ्ना जेष्ठ नागरिकलाई यातायात सेवा निशुल्क गरिदिएको उदाहरण पनि  छन् । यो अर्को सराहनीय काम हो । यातायातको सुविधा पुगेको सबै पालिकाहरुले यो कार्यक्रम अबलम्बन गर्ने हो भने  जेष्ठ नागरिकलाई थप राहत पुग्ने छ ।

    प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - १०:४७:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको