• ट्रेण्डिङ:

विद्यालयमा निर्वाचन शिक्षा 

विद्यालयमा निर्वाचन शिक्षा 

रोदिक खबर

१०, चैत्र २०७७
  • 3.0K
    SHARES
  • विद्यालयमा निर्वाचन शिक्षा 

    खोटाङ । जिल्ला निर्वाचन कार्यालय खोटाङले विद्यालय स्तरिय निर्वाचन शिक्षा कार्यक्रम सुरु गरेको छ । निर्वाचनमा मतदाताको मतको महत्वका बारेमा स्पष्ट गराउँदै मत बदर हुने दर न्यूनीकरणका लागि जिल्ला निर्वाचन कार्यालयले विभिन्न विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सुरु गरेको हो ।

    जिल्लाका १० स्थानीय तहका १५ विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएकामा हालसम्म १० विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिसकिएको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी कोपिला राईले बताईन् । 

    निर्वाचन शिक्षा कार्यक्रम अन्तरगत विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत छात्र/छात्रालाई सहभागी गराएर संविधान, लोकतन्त्र, निर्वाचन, निर्वाचनको महत्व र आवश्यकता, मतदाता, मतदाता नामावली दर्ता, बदर मतपत्र, मतपत्र बदर हुन नदिने विधि लगायतका बारेमा जानकारी दिने व्यवस्था गरिएको छ ।

    विद्यार्थीमार्फत मतको महत्व र मत बदर हुन नदिने विधि सम्वन्धी सन्देश गाउँ–गाउँमा पुर्‍याउने लक्ष्यका साथ विद्यालयमा पुगेर निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राईले बताईन् ।

    अभियानका क्रममा विद्यार्थीमार्फत घर–घरमा निर्वाचत शिक्षालाई पुर्‍याउने लक्ष्य राखिएको निर्वाचन कार्यालयले जनाएको छ । बाँकी विद्यालयमा पनि क्रमशः निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी राईले बताईन् ।

    निर्वाचन शिक्षा कार्यक्रम अन्तरगत विद्यार्थीलाई मतदाता नामावली दर्ता गर्ने समय, स्थान र विधिका बारेमा पनि जानकारी दिने गरिएको कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - १९:३९:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको