मंगलवार, कार्तिक ११ गते २०८३

गजल

गजल

रोदिक खबर

२०, जेठ २०७८
  • 6.5K
    SHARES
  • गजल

    कसले  भन्यो  तिमीलाई  तरबार देखाऊ ?
    यदि सक्छौ भने आऊ अगाध प्यार देखाऊ

    अँध्यारोमा छायाँसँग  पनि  डराउँछ मान्छे
    तिमी बलियो  हुनुको साँचो आधार देखाऊ

    तिम्रो अहमको  चुली देखेर  चिन्ने मन भो
    एकपल्ट  आफ्नो  असली  अवतार देखाऊ

    नसोच  कसैको आँखा  फुटाएर सफल भएँ
    जित्ने नै हो भने  अन्धोलाई  संसार देखाऊ

    तिम्रो छाला काढेर गतिलो कोट  सिउनु छ
    भन खोइ कहाँ छ  छिटो  सूचीकार देखाऊ

    लेखक : सुनसरीको इटहरीस्थित इटहरी एफएम ९२.५ मेघाहर्जमा आबद्ध छन् ।

     

    प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - ०८:३०:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको