मंगलवार, कार्तिक ११ गते २०८३

–पवनकुमार

यसकारण बुद्धहरू जंगल पस्छन् 

यसकारण बुद्धहरू जंगल पस्छन् 

रोदिक खबर

११, भाद्र २०७८
  • 7.7K
    SHARES
  • यसकारण बुद्धहरू जंगल पस्छन् 

    मान्छेको भेष धारण गरेर 
    आफूलाई मान्छे कहलाउन
    नौटंकीको कुनै कसर बाँकी नराख्ने
    मान्छे भनाउँदा मान्छेहरूको भीडमा
    मान्छे बन्ने मेरो कोसिस
    पटकपटक विफल भएको छ
    यहाँसम्म कि
    मान्छे भनाउँदा मान्छेहरूको
    आक्रमणमा परिने डरले
    आफूभित्रको मान्छे खुम्च्याएर
    आफ्नो असहमति रहँदारहँदै
    उनीहरूका स्वार्थी विचारमा
    ताली पिट्नु परेको छ 
    बल्ल आज चेत घुस्यो
    राजदरबार त्यागेर गौतमबुद्ध
    जंगल किन पसेथे ।

     

    प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - २१:०६:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको