खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका विद्यालयमा पठनपाठन सुरु हुने भएको छ। कोरोना भाइरसको संक्रमण दर कम भएपछि लामो समय बन्द भएका विद्यालय २७ भदौबाट सञ्चालन गर्न लागिएको हो।
२३ भदौमा बसेको नगर शिक्षा समितिको वैठकले कोभिड सम्बन्धी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भोलीबाट भौतिक उपस्थितिमै पठनपाठन गराउने निर्णय गरेको नगर शिक्षा शाखा संयोजक तीर्थबहादुर विकले बताए।
जसका लागि वडा शिक्षा समिति, शिक्षा समिति, विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवारी दिइएको छ। उहाँहरुले विद्यालय लगाउने सम्बन्धमा अभिभावकसँग छलफल गर्नुहुन्छ। र, उक्त छलफलले विद्यालय सञ्चालन गर्न उपयुक्र्त निष्कर्ष निकालेपछि विद्यालय सञ्चालन हुन्छ। संयोजक विकले भने ‘सूचना जारी गरेको ३र४ दिन भईसकेको छ। संम्भव भएसम्म सबैतिर विद्यालय खुल्न सक्छ।’
यस नगरपालिकामा सामुदायिकतर्फ २१ वटा माध्यमिक विद्यालय, १४ वटा निम्न माध्यमिक विद्यालय र ५८ वटा प्राथमिक विद्यालय छन्।