अनाडीहरुको अक्कल

अनाडीहरुको अक्कल

रोदिक खबर

२९, भाद्र २०७८
  • 7.6K
    SHARES
  • अनाडीहरुको अक्कल

    यति बेला एमसीसी प्रकरण दन्कँदो स्थितिमा छ ।  ठोकुवै गर्न त प्रचूर प्रमाण छैनन् , तर डबल नेकपा चिरा परेर केपी शर्मा ओली सत्ताको धुरीबाट आगनमा खसेर द्यौसी खेल्ने अवस्थामा पुग्नुपर्ने अन्तरंग प्रपंच छाँया ब्याक राउन्डमा देख्न  सकिन्छ । 

    कांग्रेस नेतृत्वको सरकारले सम्झौता गरेर तत्काल अनुमोदन गराउन नभ्याएको एमसीसी परियोजना त्यो पछि  गठन  हुने निर्वाचित सरकारद्वारा जसरी पनि संसदबाटै पारित गराई बुलन्दीका साथ नेपाल प्रबेश गर्ने अमेरिकी तार्तम्य प्रारम्भ मै स्पिडब्रेकरमा प¥यो । भेउनपाएर एक्लै रोक्न खोज्दा कृष्णबहादुर महरालाई नराम्ररी ठक्कर लाग्यो ।  जीवनभरको कमाई एकैछाक । तिनको सियोकाँचुली नै भयो बरा ! अग्नि सापकोटा पनि घानमा पर्न बेर छैन ।

    यही बिषय हो ! पार्टी पंक्तिमा अनुमोदन नगराई संसदमा किन प्रस्तुत भयो, अनि बजेटमा किन घुसाईयो ? भनेर तलकाहरुले केपी शर्मा ओलीसँग उखुर्ची थापेको सन्र्दभ ।  त्यो भन्दा अगाडि यस किसिमका सवाल उठेकै थिएनन् ।

    एक छत्र रुपमा एमसीसी पारित गराउनकै लागि माओवादी केन्द्रलाई एमालेको सगोत्री बनाएर एउटै मण्डपमा बसाई पतिया सहित मिलन गराउने काममा अमेरिकी अदृष्य हात (रिमोट ?) रहेको आशंका गरिन्छ । अन्तरराष्ट्रिय खबर माध्यमहरु कहँदैछन्, प्रचण्ड र उहाँका पंक्तिका  महत्वपूर्ण नेताहरुलाई अहिले पनि अमेरिकाले आंतकारीको सूचीबाट हटाएको  छैन ।

    बेला बखत हेग तिरको बखान पनि आउने गरेकै छ । यो घाँडो फालेर स्वतन्त्र रुपमा राजनीतिक विचरण गर्ने सपना देखेर नै प्रचण्ड यो तार्तम्यमा छिरेको हुन सक्छ । परिस्थिति छिरोलिएला भन्ने डरले तलका नेताहरुलाई गुमाराहमा राखेको पनि हुन सक्छ । यो रहस्य तलका नेताहरुले राम्ररी ठम्याएको भए सायद यो बितन्डा सतहमा आउने नै थिएन ।

    एमसीसी सरक्क सदनमा छिथ्र्यो । सत्तारुढ दल चुप रहने बितिक्कै प्रमुख प्रतिपक्षी कांग्रेसले ताली ठोक्थ्यो नै । किनभने सम्झौता उसैले गरेको थियो । अन्य दलहरुको बुताले भ्याउने कुरै थिएन । एमसीसीको रडाको तुरिन्थ्यो । सरकार पाँच बर्ष थामिन्थ्यो मात्रै होइन, अर्को अवधिका लागि पनि कसैको पिताम् चल्नेवाला थिएन । ओलीको सरकारलाई ठाँगेले पनि छुँदैनथ्यो ।
    यता माओवादी पंक्तिका नेताहरुले प्रचण्डको मर्मलाई केलाउन सकेनन् । उता प्रारम्भदेखि नै ओलीको कोपभाजनबाट आजीत बनेका माधव नेपाल यही मौकामा उनलाई दगल्च्याउन पाइएला भन्ने हेतुले प्रचण्डको धुरा पसे ।किनभने माधव नेपालको मक्सद एमसीसी होइन, तथापि यही अवसरमा उनी पनि अदृष्य शक्तिको फेला परे र पार्टी फुटाउनै पर्ने परिस्थिति उत्पन्न भयो । माओवादी छुट्यो, एमाले फुट्यो । यति भएपछि एमसीसी पारित हुने भो त ? होइन । जसले सम्झौता गरेको थियो अब गोल उसैको हातमा पुगेको छ । त्यो पनि उनै व्यक्ति शेरबहादुर र ज्ञानेन्द्रवहादुर कार्की । यो काक्ताली हो र ?  अहँ होइन ।

     यो अकरिलो तालमेल कसरी मिल्यो ? कसले मिलाई दियो ? कांग्रेसले त सत्ता खोजेकै थिएन । उसको थाप्लोमा कसले भिराइदियो त सत्ता ? यो सरकारले पनि एमसीसी पारित गरेन भने चाँहि के होला ? अमेरिकाको एउटा  कुनै संस्थाको दोस्रो वरियताको व्यक्तिले नेपालको सरकार र पार्टीका प्रमुख लगायतका व्यक्तिलाई फालिन् लगाएर थर्काउन सक्ने औकात के हो ? इष्ट इण्डिया कम्पनीको भाइरसरायले इण्डियाको शासन गथ्र्यो । यी यस्ता अकरिला सवाल हुन्,जसको चुरोसम्म छिरेर यथार्थ पर्गेल्न मेरो बर्कत्ले भ्याउँदैन ।

    एमसीसी सम्झौताको सबै भन्दा खतरनाक बुदाँ के हो भने ऊ नेपाल परियोजनाका हकमा जो कोहीसँग कुनैपनि किसिमको समझौता गर्न स्वतन्त्र  हुनेछ । यस पछि उसले नै अमेरिकी सेनासँग  सम्झौता गरी निम्त्याउन सक्नेछ । अहिले नै सेना ओइरिने चाँहि होइन । 

    अगिल्लो बर्ष एमसीसी बारे मैले टिप्पणी गरेको थिएँ । उही परिस्थिति आज पनि वरकरार छ । त्यसैले पुनः प्रस्तुत छ ।  
    वैभवशाली देशले निम्छरा मुलुकलाई सहायता जुटाइदिने परिपाटी नयाँ होइन । संयुक्त राष्ट्रसंघ लगायतका अन्ताराष्ट्रिय संघ संगठनहरुको स्थापनासंगै यस्तो चलन बसेको हो ।

    नेपालले उही वखतदेखि भारत, चीन, अमेरिका, बेलायत, जापानजस्ता विकसित मुलुकबाट आर्थिक, भौतिक अनुदान प्राप्त गर्दै आएको छ । विकसित राष्ट्रप्रदत्त सद्भाव र सहयोगकै कारण नेपाल विद्यमान अवस्थासम्म आइपुगेको तथ्यलाई नकार्न मिल्दैन ।

    भलै, प्राप्त राशीबाट जति उपलब्धि हासिल हुनुपथ्र्यो, त्यसको एक चौथाई पनि हुन सकेन । वैदेशिक सहायताको रकममा ठूलै अपचलन हुँदै आयो, भइरहेको छ÷त्यसको आधोपान्त खानतालसी गरेर मुलुकको नाममा आएको रकम जो जसले हडपेका छन् । फिर्ता गराई मुलुकै विकासमा लगाउन सक्ने हो भने फेरि पनि विकासका लागि अनुदानको याचना गर्नुपर्ने अवस्थै रहँदैन । उसैपनि, नेपाल वैदेशिक अनुदान लिनुपर्ने कोटीको मुलुक हँुदै होइन । नेपाल हिमालको पानी बोतलमा विदेशीलाई बेचेर विश्वकै समृद्ध मुलुक बन्न सक्छ । अरु स्रोतहरूको प्रवद्र्धन त्यो पछि गरे पनि हुन्छ ।

    यतिबेला अमेरिकाले नेपाललाई गर्ने भनिएको भिन्न र विशेष किसिमको सहायता प्याकेजको चर्चा शिखर छ । जानिफकारहरु भन्दैछन्,–अमेरिकीहरु ५५ अर्ब रुपैयांको थैलो बोकेर नेपाल आउनेवाला छन् । आफ्नै सुरक्षादस्ता र विशेष टास्कफोर्ससहित नेपाल छिर्ने अमेरिकी टोलीलाई नेपाल सरकारले स्वागतसाथ स्थापित गर्ने तार्तम्य मिलिसक्यो ।

    यद्यपि, अमेरिकी दूतावासले सम्झौताका दशवटै बँुदाको पुनःव्याख्या गर्दै सहायता टोलीमा सैन्यदस्ता समावेश नहुने प्रष्ट पारेको छ । दूतावास भन्छ–यो सम्झौता हिन्दप्रशान्त रणनीति अन्तरगत पनि होइन । त्यसो हो भने, भारतको रोहवरमा परियोजना सञ्चालन गर्ने प्रपञ्चको तुक के हो त ?

    यता, एमसीसी समर्थकहरूबाट सम्झौतालाई जसरी पनि संसदबाट अनुमोदन गराएरै छोड्ने धमास आउन छोडेको छैन । यहाँनेर, यौनदुरचारको काकतालीमा ‘महरा’–लाई मोहरा बनाएकै हो रहेछ भने, भीम रावल लगायतका आलोचकहरु धरापमा पर्न बेर छैन । 

    बहुमतको सरकार छ । संसदमा बहुमत छ÷यसैपनि यो प्रश्ताव सहजै अनुमोदन हुन सक्छ । त्यसमा पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आफ्नै पालामा सम्झौता भएको स्वीकार गरी अनुमोदन गर्न आग्रह गरिसक्नु भएकोछ । तत्कालीन देउवा सरकारका अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र एमसीसीका सीईओबीच १४ सेप्टेम्बर २०१७ मा सम्झौता भएको अभिलेखले देखाउँछ । अमेरिकी राजदूतले पाल्सी भाषामा जसरी व्याख्या गरे पनि सम्झौताका बँुदाहरु आफैं प्रष्ट छन् ।

    राजदूतले हो वा होइन भन्दैमा सम्झौताका दफामा किटान् गरिएका लवजको आशय बदलिन्छ र ? दफा बोल्दैछन्,–एमसीसीले काम गर्न कुनै पनि दायरामा सबै प्रकारका कपिराइट अमेरिकामा निहित रहने अमेरिकी कम्पनी मात्रै लेखापरीक्षण गर्न पाउने कुनै पनि हिसाब कितावमा नेपालले चासो लिन नपाउने अमेरिकाको तजबिजमा जनशक्ति उपयोग गर्ने जस्ता एकाधिकारपूर्ण शर्तहरु त छँदैछन्, सम्झौताको एउटा अर्को दफा मिर्लज्जतापूर्वक बोल्छ,– सम्झौताको कुनै बुँदासंग नेपालको कानून बाझिए बमोजिमको कानून स्वतः खारेज हुनेछ । 

    संविधान प्रदत्त दायरामा कानून निर्माण हुन्छ र त्यो कानूनले मुलुक चलाउँछ । एउटा अमूक परियोजनाको सम्झौताका बुँदासँग बाभिंmदैमा कानून खारेज हुन थाल्योभने कानूनी राज्यको अवधारणा के हुने ? सार्वभौम सत्तासम्पन्न स्वाधीन मुलुक नेपालको जननिर्मित संविधान र कानूनलाई समेत मर्काउन मिल्ने गरी एउटा परियोजनाका लागि हात पसार्नुपर्ने अवस्था कसरी आइप¥यो ? स्वार्थ कि वाध्यता ? यो पनि खुल्न जरुरी छ । 

    तर यो प्रकरणमा सरकारसँग प्रतिपक्षका लाउकेहरु पनि मिसिएको हुनाले अमेरिकी कम्पनीलाई नेपालमा स्थापना हुनबाट रोक्न कसैको पिताम् चल्नेवाला छैन् ।  ईष्ट इन्डिया कम्पनी व्यापार गर्ने निहुँमा भारत छिरेको थियो भने यो हाइड्रोपावरको मिसनमा आउँदैछ ।

    यसले उत्पादन गरेको विद्युतप्रवाह सोझै गोरखपुरको स्टेसनमा जोडिनेछ र बाल्ने निभाउने काम पनि भारतीयहरु नै गर्नेछन् । यता हाईड्रोपावर निर्माणकै सिलसिलामा अमेरिकीहरु के के गर्छन् , त्यसको अनुगमन नेपालले गर्न पाउने छैन । व्याख्या अपव्याख्या ज्यामन्तै होउन् , अभीष्ट अस्पष्ट छैन ।

    अन्य दातृराष्ट्रहरु नेपालमा बैदेशिक सहायताको रकम अपचलन हुने गरेको सन्दर्भमा सशंकित हुँदै गर्दा अमेरिका भने आफ्नै कम्पनी माफर्त नेपालमा लगानी गर्न किन तम्सियो ? यो सवाल निकै नै पेचिलो छ । यसको चुरो पहिल्याउन तीनवटा वैकल्पिक प्रश्नहरु खडा गरेर मिमांशा गर्न जरुरी छ । 

    एक, नगद सहायता ग¥यो भने नेपालीहरुले हिनामिना गर्छन् भन्ने शंका लागेर आफ्नै कम्पनी पठाएको हो ? दुई, विकास निमार्णमा नेपालीहरुको बुता पुग्दैन, जान्दैनन् , सक्तैनन् भनेर छिटोे विकास गरिदिने हेतुले जोदाहा मान्छेको डप्फा पठाउँन खोजेको हो ? वा अन्य कुनै पनि कारण हो भने, अमेरिकालाई झाँक हालेर स्वागत गर्नु पर्छ ।

    नेपालको भाग्य चम्किनेछ । ती होइनन् र तेस्रोमा थुरिनु प¥यो भने, नेपालको दुर्भाग्य त्यहीं विन्दुबाट शुरू हुनेछ । शक्ति राष्ट्रहरुको नजर अथाह प्राकृतिक स्रोत साधन सम्पन्न तर तिनको उपयोग गर्न भेउ नपाएर कचल्टिएका नेपाल जस्तो मुलुकमा गएर किन अडिनेगर्छ ? अफगानिस्तानको वीभत्स इतिहासलाई थोरै कोटयाउने हो भने, यसको मेसो पहिल्याउन सहज हुन सक्छ । 
    प्राकृतिक छटावेष्ठित हराभरा, उर्वर र रमणीय अफगानिस्तान । समृद्ध राजा, सुखी र खुशी अफ्गानी जनता, सबै मुश्लिम, एकछत्र मुश्लिम शासन । भू–स्वर्ग कहिन्थ्यो त्यो बखत अफ्गानिस्तानलाई । पश्चिमा मुलुक धनी–धनी बन्दै थिए । उसलाई पनि धनी कहलाउने ईच्छा जाग्यो होला ।

    अफ्गानीहरुले भनेहोला, हामीसँग प्रचूर मात्रामा युरोनियम छ । किनेर लैजाऊ । केही त बेचे पनि होला । अफगानिस्तानमा युरेनियम प्रशस्तै छ भन्ने पुष्टि भयो । त्यतिबेला विश्व समुदाय दुई खेमामा विभाजित थियोः– इन्डो–सोभियत लबी र सिनो–अमेरिकन लबी । कुनैपनि देशले यी दुई मध्ये एकातर्फ लाग्नैपथ्र्यो ।

    यी दुईबीच आाणविक हतियारको होड उत्कर्षमा पुगेको थियो । ईन्डो–सोभियत लबी एकनम्वरमा मानिन्थ्यो । यी दुई महाशक्तिहरुले मंहगो मोल चुकाएर युरेनियम किनिदेला र आफू धनी होइएला भन्ने अफ्गानीहरुले ठानेका हुँदाहुन् । तर त्यसो भएन । तत्कालीन सोभियत संघले अफगानिस्तानमा जवरन सेना हुल्यो । उसको लक्ष्य त्यहाँ शासन जमाउने थिएन ।

    युरेनियम हत्याउने थियो । उसले कति परिमाणमा युरेनियम हत्यायो त्यसको लेखाजोखा छैन । पछि अमेरिका सोभियत संघलाई विघटित तुल्याउन सफल भएपश्चात सोभियत सेना त फक्र्यो, तर त्यो बेलासम्म अप्mगानिस्तान खरानी भैसकेको थियो । राजसंस्था ध्वस्त भैसकेको थियो । मुजाहिद्दिन र तालेवान सत्ता संघर्षमा भिड्दैथिए ।

    यही मौका छोपेर अमेरिकी सैनिक अफगानस्तानमा छिरे । २८ वर्षसम्म ईटलीमा भेडा गोठालो बनेर गुप्तबास बसिरहेका बुढाराजा जाहीर शाहलाई सीआईएले पत्ता लगाएर अफगनिस्तान ल्यायो । उनलाई प्रतिस्थापित गर्दा त्यहाँ टिक्न सहज होला भन्ने अमेरिकाको ठम्याइ हुँदोहो ।

    तर राजवंश पूरै मासिइसकेको थियो, कोही थिएन, केही थिएन । उनले राजा हुन मानेनन् । मुजाहिद्दिन र तालेवान अझैपनि भिड्दैछन् । आफूले भर्ती गरेको सरकार भनाउँदोलाई साक्षी राखेर अफ्गानिस्तानमा रुसीहरुले समेट्न नसकेको युरेनियम सिलो गर्दैछ अहिले पनि अमेरिका । त्यो पनि निमिट्यान्न पारेपछि मात्रै बल्ल फिर्ता हुने होला ।

    के हो त युरेनियम ? 

    विद्युतीय प्रवाह उत्पादनदेखि शक्तिशाली पारमाणविक क्षेप्यास्त्र निमौण गर्न प्रयोग गरिने सबै भन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो युरेनियम । यस्तै आणविक शस्त्र भण्डारका आधारमा अमेरिका, उत्तरकोरिया, चीन लगायतका देशहरु विश्वका शक्तिवान मुलुकमा दरिएका हुन् । 

    १ किलो कोइलाबाट ८ किलोवाट र १ किलो तेलबाट १२ किलोवाट सम्म ऊर्जा उत्पादन गर्न सकिन्छ ।  तर १ किलो युरेनियम–द्दघछ को परिमाणबाट उत्पादित विद्युतशक्ति ३ लाख टन कोइला बाल्दाँ उत्पादन हुने शक्ति बराबर अर्थात २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।  १ किलो  युरेनियम २३५ को चल्ती मूल्य करिव २१ अर्ब नेपाली  रुपैया आँकिन्छ । 


    नेपालको अमत्याई      


    खानी  तथा भू–गर्भ  विज्ञान विभाग आफ्नो अनुसन्धानको हवाला दिदै भन्छ–, नेपालका धेरै ठाउँमा युरेनियमको खानी छन् । मुस्ताङको लोमाङथाङमा १० किलोमिटर लम्बाई र ३ किलोमिटर चौडाई क्षेत्रमा उत्खनन् गरेर भारी मात्रामा युरेनियम निकाल्न सकिने सम्भावना छ ।

    यसको साथै मकवानपुरको तीन भँगाले, चिरुवा र चाँदखोला अनि शिवपुरी र ककनीमा समेत युरेनियमको प्रचूर सम्भावना छ । खिप्तागर्दा मुस्ताङमा मात्रै ३५ टनसम्म युरेनियम उत्पादन गर्न सकिन्छ भन्ने विभागले ठहर गरेको छ । खानी विभागको यो गैरकूटनैतिक एवं अकर्मण्य प्रक्षेपण तरड्ड, शक्तिराष्ट्रहरुले खासै महसूस गरेका थिएनन् । 


    विभिन्न प्रंसगमा रुसका लागि पूर्वराजदूत हिरण्यलाल श्रेष्ठका भनाइहरू आएका छन्–,तर जव गत असारमा नेपाल सरकारले रेडियोधर्मी पदार्थको सुरक्षित र शान्तिपूर्ण प्रयोग सम्बन्धमा विधेयक ल्यायो, त्यसपछि शक्तिराष्ट्रहरुको ध्यान नेपाल तिर बेस्सरी तानिएको हो । शुरुमा रुसले चासो बढायो । त्यसपछि अमेरिका र भारतको ध्यान तानिएको हो ।

    तीन वर्ष अगाडि सम्झौता भई थाती रहेको एमसीसी परियोजना यति बेला आएर ब्यूँतिनु र छुट्टै नक्सा समेत सार्वजनिक गरेर भारतले कालापानीको आफ्नो अखडालाई थप मजबुती प्रदान गर्नुलाई काकताली मान्ने हो भने त ढुक्क बसौं, क्यै छैन । तर महाराजका आखाँ फुटेका हुन् कि, मेरो गर्धन् चिलाएको हो म त रुख बाङ्गै देख्तैछु ।

    म बाख्रा खान आएको होइन,– बाघले विनम्रतापूर्वक भन्यो, म त खोर कतिको दर्बिलो छ भनेर हेर्न मात्रै आएको । पत्याउने ? 
    अन्तत : अफगानिस्तानको खरानी सम्म चालिसकेपछि अफगानी जनतालाई द्वन्द्वको विभीषिखाबीच फसाएर अमेरिका दलबल सहित फिर्ता गईसकेको छ । आखिर तालीवानलाई हटाएर आफ्ना  मतियारद्धारा अफगानिस्तानमा शासन जमाउनुको मक्सद के रहेछ त ?) (लेखक ः आचार्य सम्पादक समाज खोटाङका अध्यक्ष हुन् ।)      

     

    प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - २०:५६:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको