गोकुल आर्चाय “निरस”
कमीलामा के तागत छ र ? खुट्टाले हल्का कुल्चिदियो भने मरिहाल्छ । तर यही तुच्छ कमीला हात्तीको सुँडभित्र पसेर टोकीदियो भने हात्ती पनि मर्न सक्छ । परमाणु बम शक्तिसँग सबै परिचित छन् । अणुतत्वबाटै परमाणु बमको निर्माण हुन्छ । यही बम हजारौ कोश परबाट खसालेर कौशौ क्षेत्रफलको जमीनमा विध्वंस लीला गराउन सक्छ ।
आज पनि जापनको नागासकी र हिरोशिमामा विध्वंसको अवशेष बाँकी नै छ । परन्तु मित्रहरु ट्रोजन युद्द किन भयो ? कैयांै दिनसम्म घेराबन्दीमा ठूलो नरसंहार भयो । कारण कति सानो कति तुच्छ र साधारण छ । त्यो हो हेलेन नाम गरेकी स्त्रीको सुन्दर अनुहार ।
हजुरले कसैको केही पनि विगार्नु भएको छैन । तर तपाईको कटु वचन बोल्नुहुन्छ भने तपाईका शत्रु बढी नै रहेका हुन्छन् । तपाईको चारैतिर निन्दा भई नै रहेको हुन्छ । समाजमा तपाईको नाम इज्जको साथ लिइँदैन, जवकि तपाईले नराम्रो काम केही गर्नु भएको छैन् । तपाई इमान्दार परिश्रमी हुनुहुन्छ । तर एउटा साधारण अवगुण इमान्दारको पछि लुकीरहेको हुन्छ ।
संस्कृतका महाकवि कालिदास अनपढ र मूर्ख थिए । उनको पत्नी थिइन बिदुसी । विवाह अगाडि उनी उनलाई विद्वान ठान्दथिइन् । परन्तु विवाहपछि जव उनले आफ्नो पतिलाई मूर्ख पाईन, उनकले प्रेरणास्वरुप सिर्फ केही शब्द मात्र भनेकी थिइन । यही सानो कुरा उनको मनमा जमेर बस्यो । उनी घरबाट निस्केर गए । जव फर्केर आए, पत्नी भन्दा पनि विद्वान बनेर आए । भनिन्छ “पापको हिलोमा पनि पुण्य कमल फुल्दछ” ।
उनले संस्कृतमा जे जति साहित्य सृर्जना गरे त्यसको मूल्यांकनको कुनै सीमा नै छैन । मीठो बोल्ने व्यतिmको प्रभाव स्थायी हुन्छ । “मिठो वोली औषधि हो” र कटु बचन विषवाण हो । जुन नराम्रोसँग बिझ्छ । मिठो बोल्नु एउटा साधारण कुरा हो । कुरा साधारण नै हुन्छन् । तर मानिस ध्यान दिदैनन् ।
युद्धको कारण पनि सानो तर यहि सानो कारण पनि, “महाभारत” नामको प्रसिद्ध युद्द भएको थियो । परापूर्व कालमा कौरब र पाण्डब बीच युद्दको धेरै कारणमध्ये एउटा मूख्य कारण थियो । द्रौपदिले दुर्योधनलाई खिज्याएको । पाण्डको राजधानी इन्द्र प्रथमा द्रौपदिले एकपटक ख्याल–ख्यालमा अन्धोको छोरा पनि अन्धो भनेकी थिइन् । तर पुगिहाल्यो । कुरा साधारण थियो रमाइलो कै लागि । तर दुर्योधनलाई विझ्यो । यही एउटा मामुलो कुरा भंयकर युद्धको कारण बन्न पुग्यो ।
यर्थाथमा आज देशमा यही हुनेहो कि सारा विश्वविश्वासमा अडिएको हुन्छ । यदि सानो कुरा पनि ठूलो एटमबम वन्यो भने तपाई हामी के हुन्छौं । एकपटक सोचौ त र जे जति आविस्कार भए सृर्जना भए, कति बिद्वान जन्मे, कति मूर्ख संसारमा कोही पनि भाग्यहिन छैन । यस्तो सानो कुराले नै मानिसको जिन्दगीलाई बदलिदिएको छ । र सानो भुलले पनि कहिले काँही जीवननै बर्बाद गरिदिन्छ । र सानो भुलबाट शिक्षा लिनाले जीवन सप्रन सक्छ ।
जसलाई आफ्नो स–साना भुलबाट पनि शिक्षा लिने वानी परेको छ । उनीहरु जीवनका चरम शिखर तिर बढदै जान्छन् । त्यसैले सानो भन्दा सानो कुनै भुलको पनि उपेक्षा कदापि गर्नु हुन्न । “जो आफूलाई जान्न सक्दैन उसले सृष्टिको रहस्य कसरी जान्न सक्छु” ? सर्वप्रथम म आफूलाई चिन्नु पर्दछ भन्ने मान्यता राख्छु ।
जवसम्म मानिस आफैलाई चिन्दैन तवसम्म सृष्टिको रहस्यलाई पनि उसको बुझ्न सक्दैन । तपाईको विचारमा सानो लागेको कुरा अरुको विचारमा ठूलो र असरिलो पनि हुन सक्छ । एक पटक एक रुपैया, अर्को पटक सय रुपैया र अर्को पटक हजार रुपैयाँ गर्दै एंबम् रितमा लाखौ रुपैयाँसम्मको भुल हुन सक्छ । भुल माथि भुल गर्दै जाने बानी नै पनि सक्छ । त्यसैले जीवनमा यस्ता साधारण कुरा स–साना भुल अथवा गल्तीहरु धेरै ठूलो महत्व राख्दछ ।
मानिसले मात्र सृष्टिको रहस्य जान्न सक्दछ । परन्तु के तपाई आफूलाई जे गर्न सक्छु भन्ने ठान्नुलाई ? त्यो भन्दा सयौगुणा क्षमताबान मानव तपाई भित्र विद्यमान छ । दयानन्दा, विवेकानन्द, ईसा, मोहम्मद र बुद्धले आफूलाई चिन्न सकेका थिए । त्यसैले सानो कुराले गर्दा आफ्नो भविष्य घर विद्यालय वातावरण र समाजलाई चिन्न सक्नु नै मानव जीवनको यर्थाथसँग परिचित हुनु हो ।
तपाईको हर कल्पना सधै विजय र सफलताको उचाइतिर लम्किएको हुनुपर्दछ । प्रतिज्ञा पनि यस्तो होस जुन तपाई सधै दोहो¥याइरहनु हुन्छ । यो तपाईको लागि हितकारी हुन्छ । यो सवको साथ यहि तपाईको अठोट पनि महान छ भने तपाई सफलताको चरम शिखरमा नचुम्ने कुनै कारण नै छैन् ।
(लेखक : आचार्य दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल खोटाङका स्थानीय हुन् ।)ं