• ट्रेण्डिङ:

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

रोदिक खबर

१७, मंसिर २०७८
  • 4.0K
    SHARES
  • कक्षा १२ को नतिजा सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशित गरिएकाे हाे। त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो।

    यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो। सिस्टममा अपलोड भइनसकेकोले केही समयपछि मात्रै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डकाे वेभसाइड https://neb.ntc.net.np/ मा हेर्न सकिने छ। त्यस्तै एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर र आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा पाउन सकिने बोर्डले जनाएको छ।

    प्रकाशित मिति :मंसिर १७, २०७८ शुक्रवार - ११:४३:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको