• ट्रेण्डिङ:

ट्याक्टरबाट खसेर खोटाङमा प्रअको मृत्यु

ट्याक्टरबाट खसेर खोटाङमा प्रअको मृत्यु

रोदिक खबर

८, जेठ २०८०
  • 14.6K
    SHARES
  • ट्याक्टरबाट खसेर खोटाङमा प्रअको मृत्यु

    खोटाङ । खोटाङमा ट्याक्टरबाट खसेर प्रअको मृत्यु भएको छ । बालुवा ओसार्न सुनकोसी जाँदै गरेको को २ त ४६७६ नम्बरको ट्याक्टरबाट खसेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रअ मकरध्वज राईको किचिएर मृत्यु भएको हो ।

    विद्यालय बन्द भएपछि घर फर्कनेक्रममा आइतबार बाहुनीडाँडाकै झाप्पाबाट घर बनाउने बालुवा लिन कुर्लेघाट जाँदै गरेको ट्याक्टर भेटेपछि प्रअ राई सुँगुरको चारो लिनका लागि सोही ट्याक्टरमा चढेर कुर्लेघाट झरेका थिए ।

    कुर्लेघाटबाट फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्याक्टरबाट खसेका प्रअ राईको पछाडिको पांग्राले टाउकोमा किच्दा घट्नास्थलमै मृत्यु भएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।

    कुर्लेघाटको झोलुंगे पुल तरेर उदयपुरको भालुखोला दोभानबाट चारो किनेर ल्याएका प्रअ राई चालक छेउमा बसेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - ११:०८:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको