• ट्रेण्डिङ:

खोटाङमा घरको रेलिङबाट लडेर बालिकाको मृत्यु

खोटाङमा घरको रेलिङबाट लडेर बालिकाको मृत्यु

रोदिक खबर

१९, जेठ २०८०
  • 15.7K
    SHARES
  • खोटाङमा घरको रेलिङबाट लडेर बालिकाको मृत्यु

    खोटाङमा खेल्ने क्रममा घरको रेलिङबाट लडेर बालिकाको मृत्यु गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कमा खेल्ने क्रममा घरको रेलिङबाट लडेर ५ वर्षीया बालिका रोशनी गुरुङको मृत्यु भएको हो । साकेला गाउँपालिका–१ बाझेच्यानडाँडा घर भई दिक्तेल रत्नपार्कस्थित सिताराम खत्रीको घरमा भाडामा बस्दै आएका रबिन गुरुङको छोरी बिहीबार साँझ करीव ५ वजे घरको दोश्रो तलाको रेलिङबाट खसेकी थिईन् ।

    रेलिङबाट खस्दा बालिकाको निधार र मुखमा चोट लागेको थियो । लडेर बोल्न नसक्ने अवस्था पुगेकी बालिकालाई तत्कालै रत्नपार्ककै फेमेली केयर अस्पतालमा उपचारमा लगिएको थियो । तर, उपचारको क्रममा साँझ अन्दाजी ६ः३५ बजे बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बालिकाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटि कानुनी प्रक्रिया पूरा गरी बालिकाको शबलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल पठाईएको प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले बताए । यसअघि पनि रबिन गुरुङकै कक्षा–४ मा अध्ययनरत नौ वर्षीया छोरी रोमी गुरुङकोे २०७९ साउन १३ गते खेल्ने क्रममा पासो लागेर मृत्यु भएको थियो ।

    प्रकाशित मिति :जेठ १९, २०८० शुक्रवार - ०७:००:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको