• ट्रेण्डिङ:

प्रस्तावित संघीय शिक्षा ऐन :

शिक्षकको सेवा सुविधा निजामती कर्मचारी सरह, राहत र अनुदान कोटा दरबन्दीमा परिणत

शिक्षकको सेवा सुविधा निजामती कर्मचारी सरह, राहत र अनुदान कोटा दरबन्दीमा परिणत

रोदिक खबर

१८, श्रावण २०८०
  • 7.9K
    SHARES
  • शिक्षकको सेवा सुविधा निजामती कर्मचारी सरह, राहत र अनुदान कोटा दरबन्दीमा परिणत

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने निर्णय गरेसँगै शिक्षाका सरोकारवालाले खुशी व्यक्त गरेका छन् ।

    सरकारले विद्यालय शिक्षासम्बन्धी सम्पूर्ण विषय समेटेर हाल प्रचलित कानूनलाई संशोधन र एकीकरण गरेर संघीय शिक्षा ऐन ल्याउन लागेको हो ।

    २०७२ सालमा नयाँ संविधान बनेपछि दुई वर्षभित्र संघीय शिक्षा ऐन ल्याउनुपर्नेमा हालसम्म बन्न नसक्दा सरोकारवालाले पटक पटक यो विषय उठाउँदै आएका थिए ।

    त्यसयता हरेक शिक्षामन्त्रीले प्रतिवद्धता जनाउने तर पूरा हुन नसक्ने विषय बन्दै आएको थियो संघीय शिक्षा ऐन । तत्कालीन मन्त्री देवेन्द्र पौडेलले २०७९ मा विधेयक मन्त्रिपरिषदसम्म पुर्‍याए पनि संसदमा पेस नहुँदै सरकार परिवर्तन भएको थियो । त्यसपछि बनेको नयाँ सरकारले विधेयक संसदमा पेस गर्ने भएको हो ।

    प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - १०:०१:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको