ज्येष्ठ नागरिक दिवस

सौभाग्य र आदर्शका व्यक्तित्व ज्येष्ठ नागरिकको सम्मान गरौं

सौभाग्य र आदर्शका व्यक्तित्व ज्येष्ठ नागरिकको सम्मान गरौं

रोदिक खबर

११, पौष २०८०
  • 5.5K
    SHARES
  • सौभाग्य र आदर्शका व्यक्तित्व ज्येष्ठ नागरिकको सम्मान गरौं

    निरोज कोइराला
    ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ आज पौष ११ गते बिभिन्न कार्यक्रमका साथमा ज्येष्ठ नागरिक दिवस मनाईदैछ । यस अवसरमा सौभाग्य र आर्दश ब्यक्तित्व सम्पूर्ण ज्येष्ठ नागरिकहरुमा शुभकामना । बालक अवस्थाबाट सुरु हुने जीवन चक्र बृद्धअवस्थामा पुगेर टुंगिन्छ ।यो एउटा नियमित जीवन चक्र पनि हो ।बृद्ध अवस्थामा पुग्नु भएका ज्येष्ठ नागरिकहरु हाम्रा आर्दश र सम्मान योग्य बर्गमा पर्नु हुन्छ ।“मातृदेबो भब, पितृदेबो भब”यो हाम्रो समुदाय र समाजमा प्रयोग हुदै आएको शब्द हो । तर यो शब्दलाई अहिलेको पुस्ताले कति प्रयोग गर्छन । अहिलेका पुस्ताहरुले यो कुरामा खासै ध्यान दिन सकेका छैनन, उनीहरुले ख्याल गरेका छैनन, आफुहरु पनि क्रमिकरुपमा बृद्ध हुदै गईन्छ भनेर । बृद्धबृद्धा भएपछि हेला गर्ने, बृद्ध आश्रमको खोजी गर्ने, स्वास्थ्य उपचारमा ध्यान नदिने घटनाहरु समाजमा अहिले पनि ब्याप्त छ । त्यस्ता गलत बानी ब्यवहारलाई सच्याउँदै जानु प्रत्येक छोराछोरीको कर्तब्य हुन्छ । 

     बृद्धबृद्धा अवस्थामा पुग्नु भएका ज्येष्ठ नागरिकहरु परिवारबाट उचित संरक्षण खोजी रहनु भएको हुन्छ तर बिभिन्न समस्याका कारण ती मागको सुनुवाई हुन सकिरहेको देखिदैन । जसका कारण हाम्रो समाजमा रहनु भएका ज्येष्ठ नागरिकहरुको अवस्था दयनिय देखिन्छ । यस तर्फ पनि सन्तानले गहन बिचार पुर्याउन जरुरी देखिन्छ । 

     परिवारले मात्र होइन राज्यले पनि ज्येष्ठ नागरिकको हकहितका लागि उतिकै ध्यान दिन जरुरी छ । राज्यले ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दे आई रहेको छ । तर उसले थोरै रकम दिएर ज्येष्ठ नागरिकहरुलाई समस्यामा पर्दे आई रहेका छन । कति पय समाजमा तीनै बृद्ध अवस्थामा पुग्नु भएका ज्येष्ठ नागरिकले पाउने भत्ताबाट नै घर ब्यवहार चलि रहेको अवस्था पनि छ । त्यसैले समय अनुकुल महगी अनुसार ज्येष्ठ नागरिकहरुले पाउँदै आउनु भएको भत्तामा पनि बार्षिकरुपमा बृद्धि हुने अवस्थामा राज्य पक्षबाट हुन जरुरी देखिन्छ । तर यसो भनि रहदाँ राज्यले भत्ता प्रदान गरि हाल्छ हामीले बाबुआमालाई केही गर्नु पर्देन भन्ने चाँही सन्ततीले बुझनु हुदैन । ज्येष्ठ नागरिकका लागि परिवार र राज्य दुवैले आफनो दायित्व पुरा गर्नु पर्छ ।

    सामाजिक न्यायको लागि जेष्ठ नागरिकहरूको आवाजलाई सवैले सकारात्मकरुपले लिनु पर्दछ । ज्येष्ठ नागरिकहरुमा देखिने समस्याहरुको पहिचान गरी हल गर्दै जाने हो भने यो समस्या घर परिवार तथा समाजमा देखिदैन । आफ्ना बालबालिकाहरूलाई सानै उमेर देखि जेष्ठ नागरिकहरूको सम्मान र सेवा गर्ने बातावरण निर्माण गर्न सकिएमा त्यो परिवारमा ज्येष्ठ नागरिकलाई खुशी बनाउन त सकिन्छ नै सधै आर्शिवाद पनि पाइन्छ । तर यो संस्कार घर भित्र नहुदाँ तिनै साना बालबालिकाले पछि गएर बृद्ध अवस्थामा पुग्नु भएका ज्येष्ठ सदस्यहरुलाई अपमान गरि रहेका हुन्छन । 
     राज्य पक्षबाट पनि ज्येष्ठ नागरिकहरुलाई सम्मान हुने खालका कार्यक्रम तथा योजनाहरु बनाऔ । ज्येष्ठ नागरिकहरुको सम्मान जगाउने बिषय बस्तुहरु बिद्यालय स्तरीय पाठ्यक्रममा समावेश गरौ । परिवारका सदस्यहरुका लागि चेतना अभिबृद्धिका कार्यक्रमहरु संचालन गरौ । सन्तानहरुको कमाईबाट आबश्यकता अनुसार १० देखि २५ प्रतिशतसम्म रकम घर भित्रका ज्येष्ठ सदस्यहरुका लागि खर्च गर्ने बातावरण बनाऔ । सवै स्वास्थ्य संस्थाहरुमा ज्येष्ठ नागरिकहरुका लागि निशुल्क र चाँडो स्वास्थ्य सेवाको ब्यवस्था गरौ । यसो गर्न सकिएमा ज्येष्ठ नागरिकहरुमा खशी ल्याउन सकिन्छ । यस तर्फ राज्यका तीन वटै सरकार पनि जिम्मेवार बनौ । 
    (लेखक मोफसलमा रहेर बिगत २४ बर्षदेखि पत्रकारिता पेशामा संलग्न हुनुहुन्छ ।)

    प्रकाशित मिति :पौष ११, २०८० बुधवार - २३:३२:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको