मदन पुरस्कार बानियाँलाई, जगदम्बा श्री शान्ति ठटाललाई

मदन पुरस्कार बानियाँलाई, जगदम्बा श्री शान्ति ठटाललाई

रोदिक खबर

४, आश्विन २०७७
  • 6.0K
    SHARES
  • मदन पुरस्कार बानियाँलाई, जगदम्बा श्री शान्ति ठटाललाई

    यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले प्राप्त गरेको छ। यस्तै शान्ति ठटाललाई जगदम्बा श्री अर्पण गरिने भएको छ। छ दशकदेखि नेपाली गीत, सङ्गीत क्षेत्रमा समर्पित रही गीत सङ्गीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पुर्याएको भन्दै मदन पुरस्कार गुठीले ठाटाललाई जगदम्बा श्री अर्पण गर्ने निर्णय गरेको हो।  

    मदन पुरस्कारका लागि गुठीमा प्राप्त १५१ पुस्तकहरू मध्येबाट सात पुस्तकहरू क्रमशस जोकरको बन्दुक (विमल निभा), धर्सैधर्साको चक्रव्यूह (तीर्थ श्रेष्ठ), परित्यक्ता (भुवन ढुङ्गाना), महारसनिघण्टु (खण्ड १९३) (योगी धर्ममहारस), महारानी (चन्द्रप्रकाश बानियाँ), मोहपथ (ललित बिष्ट) र यात्रामा (शारदा शर्मा) मदन पुरस्कार सूची २०७६ का रूपमा छनौट भएका थिए।

    २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृतिू, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपालू तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादकू पुस्तकलाई मदन पुरस्कार अर्पण गरेको थियो।

    २०४५ मा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा श्री पुरस्कारको स्थापना गरिएको थियो। यो सम्मान पहिलोपटक नारायण गोपाललाई अर्पण गरिएको थियो।

    कोभिड १९ का कारण उत्पन्न परिस्थितिलाई विचार गर्दै मदन पुरस्कार तथा जगदम्बा श्री सम्मान समारोहको कार्यक्रम विवरण पछि सार्वजनिक गरिने जनाइएको छ। (नागरिक न्युज अनलाइनबाट ।)

    प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - २१:२३:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको