आफू सेवारत विद्यालयमा तत्काल पुग्न शिक्षकहरुलाई सरकारले दियो निर्देशन  

आफू सेवारत विद्यालयमा तत्काल पुग्न शिक्षकहरुलाई सरकारले दियो निर्देशन  

रोदिक खबर

११, आश्विन २०७७
  • 4.2K
    SHARES
  • आफू सेवारत  विद्यालयमा तत्काल पुग्न शिक्षकहरुलाई सरकारले दियो निर्देशन  


    काठमाडौं । वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भन्दै तत्काल आफू सेवारत रहेको विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई सरकारले निर्देशन दिएको छ ।

    शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल संवादमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको कोरोना भाइरस बीमा गरिएको स्पष्ट गर्दै सम्बद्ध जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताए।

    मन्त्री पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताएका हुन् । शिक्षक विद्यालयमा नपुगेसम्म वैकल्पिक विधिको सिकाइ सफल हुन नसक्ने उनको भनाइ छ। 

    प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - ०९:०९:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको