• ट्रेण्डिङ:

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

रोदिक खबर

२१, आश्विन २०७७
  • 4.4K
    SHARES
  • ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

    कपिलवस्तु । शिवराज नगरपालिका-४ मा बुधबार ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। खरेन्द्रपुर महाराजगञ्ज सडकखण्डमा लु ३ त ४८८ नं को ट्रयाक्टर साँझ ६ बजे ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा महाराजगञ्ज नगरपालिका-२ पडरियाका करीब २८ वर्षीय चालक सर्फुदिन मुसलमान (चिन्नु) को मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए।

    ट्रयाक्टरले च्यापेका अवस्थामा मुसलमानलाई उद्धार गरी शिवराज अस्पताल बहादुरगञ्जमा उपचारका क्रममा ल्याउँदा मृत्यु भएको बताइएको छ।

    प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - २२:४६:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको