म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएकी अन्नपूर्ण गाउँपालिका-२ भुरुङकी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जीप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो।
दुर्घटनामा घाइते भएकाहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ।