• ट्रेण्डिङ:

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सुरु गर्‍यो कक्षा ११ को परीक्षा

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सुरु गर्‍यो कक्षा ११ को परीक्षा

रोदिक खबर

२४, कार्तिक २०७७
  • 5.0K
    SHARES
  • दिप्रुङ चुइचुम्मा गाउँपालिकाले  सुरु गर्‍यो कक्षा ११ को परीक्षा

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कक्षा ११ को परीक्षा सुरु गरेको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा सञ्चालन व्यवस्थापन प्रमाणिकरण कार्यविधि २०७७ अनुसार गाउँपालिकाले पाँच वटा विद्यायमा आइतबारदेखि परीक्षा सुरु गरेको हो ।

    महेन्द्रोदय मावि ओख्रे, कृष्ण मावि टेम्मा, सरस्वती मावि डाँडाखर्क, शान्ति मावि छोरम्बु र जनता मावि बतासेमा परीक्षा सुरु गरिएकोे गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अनुसार महेन्द्रोदय माविमा ९१ जना, कृष्ण माविमा ५१ जना, सरस्वती माविमा ५९ जना, शान्ति माविमा ६५ जना र जनता माविबाट १७ जनाले परीक्षा दिइरहेका छन् । कार्तिक २८ मा परीक्षा समापन हुनेछ ।

    प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - ०७:३२:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको