• ट्रेण्डिङ:

कक्षा १२ का विद्यार्थीको आन्तरिक मूल्याङ्कनको नम्बर मंसिर ८ भित्र पठाउन निर्देशन

कक्षा १२ का विद्यार्थीको आन्तरिक मूल्याङ्कनको नम्बर मंसिर ८ भित्र पठाउन निर्देशन

रोदिक खबर

२६, कार्तिक २०७७
  • 4.7K
    SHARES
  • कक्षा १२ का विद्यार्थीको आन्तरिक मूल्याङ्कनको नम्बर मंसिर ८ भित्र पठाउन निर्देशन

    राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क पठाउन निर्देशन दिएको छ।

    २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७ जारी भइसकेको पनि बोर्डले जनाएको छ।


    उक्त कार्यविधिअनुसार कक्षा १२ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कन २०७७ मंसिर ८ गतेभित्र सम्पन्न गरी कार्यविधिको अनुसूची २ (क) (ख) (ग) को ढाँचा अनुसार यथाशीघ्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन बोर्डले सूचना निकालेर निर्देशन दिएको छ।

    बोर्डका शाखा तथा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयहरूले समेत आफ्नो सेवा क्षेत्रभित्रका विद्यालयहरूबाट आन्तरिक मूल्याङ्कनको अंक प्राप्त गरी तोकिएको ढाँचामा परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले भनेको छ।

    थप जानकारी बोर्डको वेवसाइट www.neb.gov.np बाट लिन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - ०९:३३:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको