• ट्रेण्डिङ:

जग्गा विवादमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु

जग्गा विवादमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु

रोदिक खबर

१०, मंसिर २०७७
  • 6.1K
    SHARES
  • जग्गा विवादमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु

    रौतहट । रौतहटको गरुडा नगरपालिका-७ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका-७ भिमडाबरका ५० वर्षीय फतिंगा ठाकुर रहेका छन् ।

    इलाका प्रहरी कार्यालय गरुडाका अनुसार झडपका क्रममा ज्ञानी ठाकुर, ध्यानी ठाकुर र नागेन्द्र ठाकुरको समूहले चिरान काठले टाउकोमा प्रहार गर्दा फतिंगा गम्भीर घाइते भएका थिए ।

    घाइते फतिंगाको गरुडाकै एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक रवि रावलले बताए ।

    प्रहरीका अनुसार चिरान काठ प्रहार गर्ने तीनै जना दाजुभाइले फतिंगा ठाकुरको जमिनलाई आफनो जमिन भएको दाबी गर्दै आएका थिए ।

    जग्गा विवादले बुधबार उग्ररुप लिँदा दुवै पक्षबीच कुटाकुट भएको थियो । सोही क्रममा तीन जना मिलेर फतिंगालाई चिरान काठ प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गरुडाकै एक अस्पतालमा पुर्‍याइएको तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रनाउ रावलले बताए ।

    मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको र घटनामा संलग्न रहेका मध्ये ध्यानी ठाकुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रनाउ रावलले बताए ।

    प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - १७:४९:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको