नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ खोटाङले दिक्तेलमा राँके जुलुस निकालेको छ ।
तरुण दल र नेविसंंघले बुधबार साँझ भवनगैरा जाने भित्री बाटोबाट दिक्तेल नगरपालिकाको कार्यालय नजिक हुँदै त्रिवेणी चोकसम्म राके जुलुस निकालेका हुन् ।

जुलुसमा महासमिति सदस्य रविप्रकाश राई, नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्यहरु सुमनबाबु आचार्य, प्रकाशकुमार श्रेष्ठ, डिल्लीकुमारी आचार्य, उमेशचन्द्र आचार्य, नेपाली कांग्रेसका क्षेत्रीय सभापति तीर्थराज भट्टराई, नेपाल तरुण दल खोटाङका अध्यक्ष भीषण राई, उपाध्यक्ष सञ्जयकुमार राई, नेपाल विद्यार्थी संघ खोटाङका उपाध्यक्ष गोमा राई, सहसचिव किसन भुजेल, नेपाल विद्यार्थी संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति मोतिचन्द्र राई, नेपाल विद्यार्थी संघ दिक्तेल बहुमुखी क्याम्पसका क्याम्पस इकाई सभापति सुमन आचार्य लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई नेपाल विद्यार्थी संघका सहसचिव किसन भुजेलले सम्वोधन गरेका थिए ।

तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेललाई ३ घण्टा नियन्त्रणमा राखेर छाडेको थियो ।
पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।


