काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि शीतलनिवास पुगेका छन्। पछिल्लो समय पार्टीभित्र बढीरहेको विवादकाबीच प्रचण्ड भण्डारीलाई भेट्न आज साँझ शीतलनिवास पुगेका हुन् ।
नेकपाको विवादका कारण पछिल्लो समय अध्यक्ष दाहालले आफू घेराबन्दी परेको बताउँदै आएका छन्। यसै क्रममा उनी पनि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका स्रोतले बतायो।
अहिले राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच पछिल्लो नेकपा विवादलाई लिएर छलफल भइरहेको बताइएको छ। उनीहरुबीच पछिल्लो राजनीतिक घटनाबारे कुराकानी भइरहेको छ।
प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो बालुवाटारबाट शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग संवाद गरेका थिए।