काठमाडौं । पूर्वमन्त्री गोपाल किरातीको नेतृत्वमा पुनर्गठित नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।
हालै बसेको केन्द्रीय कमिटीको बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता गोपाल किरातीलेलाई बताए ।
‘हाम्रो केन्द्रीय कमिटीको बैठकले उहाँहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको छ’ किरातीले भने, ‘अबको केही महिनाभित्र एकता प्रक्रिया टुंगिएला ।’
पार्टी एकताका लागि आफूहरुले पठाएको पत्रको जवाफ पनि प्राप्त भइसकेको किरातीले बताए । विप्लवसँग एकता गर्ने पार्टीले निर्णय गरेपछि आफ्नो पार्टीका केही नेताहरु डराएर हिँडेको र अलग्गै समूह बनाएको किरातीले सुनाए । (अनलाइनखबरबाट ।)