• ट्रेण्डिङ:

नेकपा विवाद झन् उग्र बन्दै, सबै विवाद स्थायी कमिटी बैठकमा लैजाने नेकपाको निर्णय

नेकपा विवाद झन् उग्र बन्दै, सबै विवाद स्थायी कमिटी बैठकमा लैजाने नेकपाको निर्णय

रोदिक खबर

२०, मंसिर २०७७
  • 2.2K
    SHARES
  • नेकपा विवाद झन् उग्र बन्दै, सबै विवाद स्थायी कमिटी बैठकमा लैजाने नेकपाको निर्णय

    काठमाडौं । नेकपा सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सबै नेताहरुको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सम्पन्न भएको हो ।

    बैठक सकिएसँगै पूर्वनिर्धारित स्थायी कमिटी बैठक भोलि नेकपा पार्टी कार्यालयमा हुने भएको छ । भोलि हुने स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक विवादले निम्त्याएको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिने बताइएको छ।

    बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले बुझाएका प्रतिवेदनहरुका बारेमा छलफल हुने बताइएको छ ।

    कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेश गरेका थिए जसको १० दिनपश्चात् बसेको बैठकमा ओलीले आफ्नो जवाफ पेश गर्दै प्रचण्डले लगाएका आरोपहरु अस्वीकार गरेका थिए ।

    त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि तीन दिनसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

    प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - २०:५७:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको