• ट्रेण्डिङ:

जिल्ला अस्पताललाई डिजिटल रेडियोग्राफी मेसिन 

जिल्ला अस्पताललाई डिजिटल रेडियोग्राफी मेसिन 

रोदिक खबर

२४, मंसिर २०७७
  • 2.6K
    SHARES
  • जिल्ला अस्पताललाई डिजिटल रेडियोग्राफी मेसिन 

    खोटाङ । कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसि) छाउनी काठ्माण्डौंले जिल्ला अस्पताल खोटाङलाई डिजिटल रेडियोग्राफी मेसिन उपलव्ध गराएको छ ।

    स्वास्थ्य सेवालाई थप सहज र सुलभ बनाउँदै लैजाने योजना अनुशार सिसिएमसिले जिल्ला अस्पताललाई ३५० क्षमताको अत्याधुनिक प्रविधिको डिजिटल रेडियोग्राफी मेसिन उपलव्ध गराएको हो । 

    गत असारमा कम्प्युटराईज रेडियोग्राफी उपकरण सञ्चालनमा ल्याइएको अस्पतालमा बिरामी भएकै ठाउँमा लैजान मिल्ने अत्याधुनिक प्रविधि सहितको डिजिटल रेडियोग्राफी मेसिन प्राप्त भएको जिल्ला अस्पताल खोटाङका प्रशासन अधिकृत रविनकुमार फुयाँलले बताए ।

    विभिन्न प्रविधिलाई अपग्रेड गर्दै अस्पतालबाट प्रवाह हुने सेवालाई छिटो र सरल बनाउदै लैजाने लक्ष्यमा जिल्ला अस्पताललाई सिसिएमसिको साथ मिलेको हो । १५ शैयाको अस्पतलालाई ५० शैयाको बनाउनका लागि डिपिआर समेत भइसकेको छ । 

    प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - १५:४७:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको