सरकारसँग कांग्रेसको प्रश्न- खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्री ज्यू ?

सरकारसँग कांग्रेसको प्रश्न- खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्री ज्यू ?

रोदिक खबर

७, भाद्र २०७७
  • 2.4K
    SHARES
  • सरकारसँग कांग्रेसको प्रश्न- खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्री ज्यू ?

    काठमाडौं । कोरोना कहरको कारण वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई उद्धारमा सरकार उदासिन रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग उद्धारमा ढिलासुस्ती किन भन्दै जवाफ मागेको छ ।

    गत असार १ गते सोमबार सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो ।

    न्यायाधीशहरु आनन्द मोहन भट्टराई र हरिप्रसाद फुंयालको इजलासले गरेको आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता नदेखाएको भन्दै कांग्रेसले खाडीमा रहेका मजदुरवर्गमाथि सत्रुताको व्यवहार किन गरेको भन्दै प्रश्न समेत गरेको छ ।

    कांग्रेसले शनिवार एक विज्ञप्ती जारी गर्दै “खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ? सर्वोच्चको आदेश उल्लंघन गर्दै महंगो टिकटसंगै सबै खर्च बोकाउनु मानवियता कि ‘सर्वहारा माथि अधिनायकवाद’ ? भन्दै सरकारसँग प्रश्न गरेको छ ।

    त्यस्तै सर्वोच्चको आदेशको दुई महिनापछि पुनः महंगो चार्टर फ्लाईटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पिडामाथि पीडा सरकारले थप्न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको जारी विज्ञप्तिमा भनिएको छ ।

    congress-1-593x768.jpgcongress-1-1-593x768.jpg

     

    प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १०:०७:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको