• ट्रेण्डिङ:

प्रचण्डले आपत्ति जनाएपछि संवैधानिक परिषदको बैठक स्थगित

प्रचण्डले आपत्ति जनाएपछि संवैधानिक परिषदको बैठक स्थगित

रोदिक खबर

२, पौष २०७७
  • 3.1K
    SHARES
  • प्रचण्डले आपत्ति जनाएपछि संवैधानिक परिषदको बैठक स्थगित

    काठमाडौं । बिहीवार (आज) साँझका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएसँगै बालुवाटार पुगेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गरेका हुन् ।

    मंगलवार सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्री ओलीले फिर्ता लिएपनि पुनः बैठक बोलाएपछि नेकपाभित्र तरंग पैदा भएको थियो ।

    यसअघि प्रधानमन्त्री ओलीले आइतवार र मंगलवार संवैधानिक परिषद् बैठक बोलाएका थिए । बैठकमा गणपूरक संख्या नपुगेपछि ओलीले तत्काल मन्त्रिपरिषद् बैठक बोलाएर अध्यक्षसहित ३ जनाको उपस्थितीमा बैठक बस्न मिल्नेगरी अध्यादेश ल्याएका थिए ।

    सरकारले ल्याएको अध्यादेश विपक्षी र सत्तारुढ दलबाटै व्यापक आलोचना भएपछि मंगलवार बुधवार फिर्ता लिने निर्णय गरेका थिए ।

    प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - १७:०२:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको