नेकपा विवाद : महासचिव पौडेल नेतृत्वको कार्यदलले प्रतिवेदन बुझायो

नेकपा विवाद : महासचिव पौडेल नेतृत्वको कार्यदलले प्रतिवेदन बुझायो

रोदिक खबर

७, भाद्र २०७७
  • 3.8K
    SHARES
  • नेकपा विवाद  :  महासचिव पौडेल नेतृत्वको कार्यदलले प्रतिवेदन बुझायो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले बनाएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएका छन् ।

    शनिवार अपरान्ह ४स्४५ बजे प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

    शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले शनिवारनै अध्यक्षद्वयलाई बालुवाटारमा हस्तान्तरण गरेका हुन् ।

    नेकपाभित्रको विवाद समाधानका लागि पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गत साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले नेकपाभित्रको विवाद समाधानको लागि मूख्य भूमिका खेल्नेछ ।

    कार्यदलमा संयोजक पौडेलसहित सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी तोकिएको हो ।


    प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १०:२०:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको