• ट्रेण्डिङ:

प्रचण्ड–माधव समूह : संसदीय दलको नेतामा प्रचण्ड चयन

प्रचण्ड–माधव समूह : संसदीय दलको नेतामा प्रचण्ड चयन

रोदिक खबर

८, पौष २०७७
  • 5.9K
    SHARES
  • प्रचण्ड–माधव समूह  :  संसदीय दलको नेतामा प्रचण्ड चयन

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

    नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरे ।

    प्रचण्ड–माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो ।

    बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी  शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन् ।

    यसअघि प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ । (अनलाइनखबरबाट ।)

    प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - १४:३७:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको